आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।
फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च
प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो ।
जासुसी गरेको अभियोगमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा जेल सजाय
बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ ।
युक्रेनमा व्यापक हवाई आक्रमण
रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ ।
इजरायल वेस्ट बैङ्क आक्रमणमा चार जनाको मृत्यु
पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
अफ्रिकी देशमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
अफ्रिकी विकास बैङ्कले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ ।
दादुराको प्रकोपविरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग
संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिनुभएको हो ।
अमेरिकामा अर्को गोलीकाण्ड, तीन जनाको हत्या
अमेरिकामा मङ्गलबार पनि अर्को गोलीकाण्ड भएको छ । यहाँका एक जनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।
युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच सुरक्षाबारे छलफल
युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ । उहाँहरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।