पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए
पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकू मारेका छन् ।
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स ०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण
अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलो पटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
गाजा युद्धविराम : सहायता अवरोध हटाउनु अत्यावश्यक
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउनु ‘अत्यावश्यक’ भएको बताउनुभएको छ ।
गाजामा युद्धविराम र इजरायली बन्धक मुक्त गर्ने सहमति
इजरायल र हमासबिच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
इजरायल-हमासबीच युद्धविराम–बन्धक सम्झौता भएको बाइडेनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभएको छ । जसले गाजामा लडाइँलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणबद्ध रिहाइ हुने बताइएको छ ।
नाइजेरियामा सडक दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु
नाइजेरियाको मध्य क्षेत्रमा भर्खरै सडक दुर्घटनाहरूमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ र ७३ भन्दा बढी अन्य घाइते भएका छन् ।
खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा २२ जनाको शव फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।
स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण
स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ । दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी कम्पनी इसस्पेसको ल्यान्डर हुन् ।
नासाले सर्वाधिक तातो वर्षको पुष्टि गर्यो
नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ ।
पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए
पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा चार आतङ्ककारीलाई मारेको छ ।
बङ्गलादेशका नेता युनुसद्वारा ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग
बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ शेख हसिनाको अपदस्थ सरकारको पालामा भएको भ्रष्टाचारको परिमाणको निन्दा गर्दै ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग गर्नुभएको छ ।
कुनै हालतमा खानले देश नछोड्ने
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए –इस्साफ (पिटिआई) ले नेता खानलाई चुप राख्नकै निम्ति उहाँविरूद्ध मुद्दा चलाइएको दावी गरेको छ ।
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ ।
तान्जानियामा मारबर्ग भाइरसका कारण आठ जनाको मृत्युः डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।
ट्रम्पको शपथ ग्रहण समारोह ऐतिहासिक हुने
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आउन एक साता पनि बाँकी छैन तर सपथ ग्रहण समारोहको चर्चा भने निकै चुलिएको छ ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।
‘निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो’
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक स्मिथको प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार बिहान प्रकाशित गरेको छ ।
गाजा वार्ताको ‘अन्तिम चरण’ मङ्गलबार कतारमा सुरु हुने
इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ मङ्गलबार कतारमा सुरु हुने भएको वार्ताबारे जानकार एक स्रोतले बताएको छ ।
इजरायल–हमास प्रारम्भिक आदानप्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने
कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।
यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक
मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।
दक्षिण कोरियाली राष्ट्रपति युनको महाअभियोग सुनुवाइ सुरु
निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाअभियोग सुनुवाइ मङ्गलबारदेखि सुरु भएको छ । देशको संवैधानिक अदालतले असफल मार्सल ल प्रयासका कारण उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाउने कि नगर्ने भनेर मूल्याङ्कन गर्ने तयारी गरेको छ ।