अमेरिकी कारबाहीमा अल कायदा नेता अयमान अल जवाहिरी मारिए
आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् ।
विद्युतीय दुर्घटनामा परी भारतमा दशको मृत्यु
विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
म्यानमारमा सङ्कटकाल छ महिना थप
म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।
भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्पेनमा मङ्कीपक्सको दोस्रो बिरामीको मृत्यु भएको पुष्टि
स्पेनमा मङ्कीपक्सको दोस्रो बिरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ।
अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ
श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।
सुरक्षा कारबाहीमा परी एक सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु
पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तअन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
भारतमा २० हजार नयाँ सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।
ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति
ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् ।