मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता
इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।
गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन
तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।
उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु
हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै
कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहनुभएकाे छ ।
थाइल्याण्डका प्रधानमन्त्रीले पाउनुभयाे विश्वासको मत
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाउनुभएकाे छ । शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो ।
सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप
अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ ।
अष्ट्रेलियाको जन्मदर घट्यो
अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो ।
अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण
बेइजिङ, ६ साउन (रासस/सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ। आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्। सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन्। उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्। बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन्। उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्