अमेरिकामा एक करोड ४० लाख बढी बालबालिकालाई कोरोना सङ्क्रमण
अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ ।
श्रीलङ्काका पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरसँग आग्रह
श्रीलङ्काको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
भारतमा १६ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि
बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार ८६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
कुवेतमा नयाँ प्रधानमन्त्री
कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराउनुभएको छ ।
फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीनको मृत्यु
फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीनजनाको मृत्यु भएको छ ।
नयाँदिल्लीमा पनि मङ्कीपक्सका बिरामी
यहाँ मङ्कीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ ।
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु
शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या
मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको बीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता
इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।
गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन
तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।
उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु
हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै
कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहनुभएकाे छ ।
थाइल्याण्डका प्रधानमन्त्रीले पाउनुभयाे विश्वासको मत
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाउनुभएकाे छ । शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो ।
सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप
अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ ।
अष्ट्रेलियाको जन्मदर घट्यो
अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो ।
अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण
बेइजिङ, ६ साउन (रासस/सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ। आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्। सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन्। उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्। बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन्। उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्
‘चीनको वैदेशिक सहायता नीति विकासका साझा लक्ष्यमा केन्द्रित छ’
चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (सिआइडिसीए) का प्रमुख लुओ झाओहुईले हालै केही अमेरिकी अधिकारीहरूले आफ्नो मुलुकको वैदेशिक सहायता नीतिलाई लिएर गरेको भ्रामक भनाइको खण्डन गर्नुभएको छ ।
दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री
श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिनुभएको छ । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी)का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
फेसबुकमा तालिबानका पृष्ठ निलम्बन
काबुल अफगानिस्तान), साउन ६ गते । सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो । “अफगानिस्तान नेसनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,” अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । समाचारमा लेखिएको छ, “तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधि सञ्चालन गरेका थिए । तथापि यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँचयोग्य छैनन् ।”अफगानिस्तान नेसनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पस्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ । “फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल साइटमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतङ्कवादी सङ्गठनका रूपमा नामकरण गर्ने पहिलो संस्था थियो,” अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ । फेसबुकको प्लेटफर्मले तालिबानलाई “आतङ्कवादी सङ्गठनका रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस सङ्गठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो । फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबानविरोधी नीति लागू गरेको छ । यसका साथै फेसबुक आफैँ, इन्स्टाग्राम र ह्वाट्स एपले पनि यो नीति लागू गरेको छ । तालिबानका अधिकारी तथा प्रवक्ता ट्वीटरमा पनि सक्रिय छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेषगरी महिला, किशोरकिशोरीसहित हजारौँ पत्रकार तथा सञ्चारकर्मी रोजगारीबाट वञ्चित भएका छन् । आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार सङ्घ (एन्जु)ले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चारमाध्यम बन्द भएको देखाएको छ । यस सङ्कटले अखबारलाई सबैभन्दा धेरै असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन् । आईएफजेका लागि सङ्कलित प्रतिवेदनअनुसार अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ५१ टीभी स्टेसन, १३२ वटा रेडियो स्टेसन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन् ।रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युनामा)ले जारी गरेको प्रतिवेदनअनुसार मानव अधिकार उल्लङ्घनका कारण १७३ जनापत्रकार तथा सञ्चारकर्माी प्रभावित भएका छन् । तीमध्ये १६३ जना अधिकारकर्मी पीडित भएका थिए । रासस/एएनआई
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रोपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
धेरै उमेरकाे भाले पान्डाको मृत्यु
विश्वको सबैभन्दा बुढो भाले पान्डाको मृत्यु भएको छ । हङकङको चिडियाघरका राखिएको ३५ वर्षको पान्डामो मृत्यु भएको हो । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुन्छ ।
प्रचण्ड गर्मीका कारण स्पेनमा एक हप्तामा ६७९ को मृत्यु
स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो ।
हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ ।