जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।
फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरू पुनः शान्ति वार्ता गर्न सहमत
फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् ।
दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् ।
चीनले विदेशी कम्पनीको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : चीनका राष्ट्रपति सी
चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।
अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् ।
जलवायु परिवर्तनले पहिले नै जिडिपी घटाएको छ : प्रतिवेदन
जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप २८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ ।
चट्याङ लागेर गुजरातमा १८ जनाको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चारजनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।
गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी
विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ ।