उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो : सोल
उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।
वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा सात प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मेडागास्करको राष्ट्रपतिमा एण्ड्री राजोएलिना विजयी
मेडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ । माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जित्नुभएको हो ।
हमासका ब्रिगेड कमान्डरसहित तीन सैनिक नेताको मृत्यु
हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् ।
इजरायली सेनाद्वारा आठजनाको हत्या गरेको प्यालेस्टिनको दाबी
इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घण्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।
पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
गाजा युद्धविरामपछि लेबनानको दक्षिणी सीमामा फर्कियो अस्थायी शान्ति
हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालीन शान्ति फर्किएको छ ।
दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा
छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ ।