‘मृत्यु क्षेत्र’ बाट ३१ शिशुको उद्धार, ३१६ जना अझै अस्पतालभित्रै
प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियन्त्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् ।
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसिया पुगे : संयुक्त राष्ट्रसङ्घ
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ ।
गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण
संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ ।
सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत
भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् ।
बङ्गलादेश क्रिकेट कप्तान शकिबको राजनीतिमा प्रवेश
बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ ।
सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल
इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए ।
पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण
पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।
टर्की प्रहरीद्वारा १७ जना आईएस सन्दिग्ध पक्राउ
र्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस सन्दिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ ।
तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।