‘राष्ट्रियसभा प्रतिनिधिसभाको छाया होइन’ : महरा
राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्नुहुन्छ । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उहाँले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाउनुभयो ।
सक्षम र सबल नगरपालिका बनाउँछु
सप्तरीको खडक नगरपालिकाको प्रमुख आर्थिक आधार कृषि र पशुपालन नै हो । यहाँका ९५ प्रतिशत नगरवासी कृषिमा नै आबद्ध छन् तर पनि कृषिको आधुनिकीकरण र व्यावसायि
सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाउनुभएको छ । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेश सभा सदस्य निर्वाचित उहाँ बागमती प्रदेशको मन्त्रीका हैसियतले समग्र शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारीमा रहनुभएको छ ।
‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’
राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ
जलविद्युत्, पर्यटन र कृषि समृद्धिको आधार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले जिल्लामै सम्पन्न पालिका हो । यहाँ जलविद्युत्, पर्यटन र कृषिको ठुलो सम्भावना छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस पालिकामा विश्वचर्चित पर्यटकीय स्थल छन् । ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला र पाँच मेगावाट क्षमताको घलेम्ली खोला जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् । तीन वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् भने १८० मेगावाट क्षमताको कालीगण्डकी
राष्ट्रिय सभा विधानतः : बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता स्पष्ट्याइएको छ ।
सङ्घीयता व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा समस्या
कैलाली पूर्णतया तराईको समथर भूभाग भएको जिल्ला भन्ने धेरैको बुझाइ हुन्छ । यस जिल्लाको ४० प्रतिशत भूभाग पहाडी क्षेत्रमा पर्छ । यहाँका मोहन्याल र चुरे गरी दुइटा गाउँपालिका पहाडी क्षेत्रमा पर्छन् । चुरे गाउँपालिका फलफूल, वनजङ्गलसँगै जडीबुटी र तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । २०४९ र २०५४ सालमा दुई पटक तत्कालीन खैराला गाविसका अध्यक्ष भइसक्नुभएका चक्रबहादुर बोगटी यस पालिकाको अध्यक्ष हुनुहुन्छ । ५६ वर्षीय बोगटी नेकपा (एमाले) बाट पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रस्तुत छ, चुरे क्षेत्रको विकास, चुनौती र सम्भावनाका बारेमा पालिका अध्यक्ष बोगटीसँग गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानी :
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ ।”
‘अस्थायी आवास निर्माणको काममा जुटेका छौँ’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भूकम्पले क्षतविक्षत बन्यो । ठुलो मात्रामा जनधनको क्षति भयो । चिसो मौसममा यहाँका हजारौँ नागरिक त्रिपालको भरमा बस्नुपर्ने बाध्यता छ । बेरोजगारी र भौगोलिक विकटताको मार खेपिरहेका सर्वसाधारणले भूकम्पको विपत् खेप्नु परेको छ । भूकम्पको प्रत्यक्ष मारमा आफैँ पर्दा पनि आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसी रातदिन खोज, उद्धार, उपचार र राहतको काममा सक्रिय हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट प्रमुखमा निर्वाचित केसीसँग भूकम्पले पु¥याएको क्षति, राहत वितरण, अस्थायी आवास र पुनर्निर्माणको योजना एवं पालिकाका गतिविधिका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, गोरखापत्रका मुसीकोट समाचारदाता (रुकुमपश्चिम) राजु लामिछानेले प्रमुख केसीसँग गर्नुभएको कुराकानी :