जनजीविका बदल्ने मुख्य अभिभारा हाम्रो छ
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ। मध्यपहाडी राजमार्ग आसपासमा सरकारले विकास गरिरहेको प्रमुख १० सहरमध्ये एउटा हो, रुकुमपश्चिमको चौरजहारी नगरपालिका। उहाँले सो नगरपालिकाको नेतृत्व गरेको पनि एक वर्ष बितेको छ। उत्पीडित वर्गको प्रतिनिधित्वका रूपमा स्थानीय सरकारको नेतृत्व गरिरहेका वादीले सहरोन्मुख नगरवासीका विकाससम्बन्धी असीमित चाहनाको सम्बोधन गर्नुपर्ने चुनौती पनि सा
समृद्ध नगर निर्माण हाम्रो लक्ष्य हो
धनकुटाको महालक्ष्मी नगरपालिका मूल रूपमा ग्रामीण क्षेत्र नै हो। १२६.३ वर्ग किमि क्षेत्रफल रहेको यो नगरपालिकाको जनसङ्ख्या २४ हजार ८०१ छ। नौ वटा वडा रहेको यो नगरपालिकाले प्रायः सेवा प्रवाह वडाबाटै गर्दै आएको छ। यो नगरपालिकाको प्रमुख ध्रुवराज राया हुनुहुन्छ। अघिल्लो स्थानीय निर्वाचनमा वडाध्यक्ष बन्नुभएका राया गत वर्षको वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा प्रमुखमा निर्वाचित हुनुभएको हो। स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित पूर्वाधार विकास तथा बसाइँसराइ रोक्नु मुख्य चुनौती रहेको बताउनुहुने प्रमुख रायासँग गोरखापत्रका कविराज घिमिरेले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ, प्रमुख रायासँग गरिएको कुराकानीको सम्पादित अंश :
समुन्नत रेसुङ्गा निर्माणमा लागिपरेका छौँ
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका १४ वडा छन्। यहाँको जनसङ्ख्या ३१ हजार ६७७ रहेको छ। कृषि, पर्यटनलगायतको क्षेत्रको विकासका धेरै सम्भावना भए पनि गति लिन सकेको छैन। स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर खिलध्वज पन्थीले नगर प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ। निर्वाचित जनप्रतिनिधिले एक वर्ष कार्यकाल पूरा गरिसकेको सन्दर्भमा नगरको विकास र भावी कार्यक्रमबारे नगर प्रमुख पन्थीसँग गोरखापत्रका तिलाचन पाण्डेले गर्नुभएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : तपाईंहरू निर्वाचित भएको एक वर्ष पूरा भइसकेको छ। यो एक वर्षको अवधिमा के के काम भए ? एक वर्षको अवधिमा हामीले धेरै नयाँ काम अगाडि बढाएका छौँ। नगरलाई सुन्दर र हराभरा बनाउन पुराना र जीर्ण बनेका विद्युत्का पोल र तार व्यवस्थित गर्न ११ मिटरका नयाँ पोल राखी तार प्रतिस्थापन गरी व्यवस्थित गरिएको छ। तम्घास बजारको सडकलाई चौडा पारी सडकलाई पुनः कालोपत्रे गरेर सकिएको छ। यसले गर्दा सडकमा हुने सवारी जाम घटेको छ र पैदल यात्रीलाई समेत सहज भएको छ। गुल्मी जिल्लामा कुनै पनि सभा सम्मेलनका लागि ठुलो सभा हल नभएको महसुस गर्दै वडा नं. ४ मा एक हजार क्षमताको सभा हल निर्माणाधीन अवस्थामा छ। सभा हलको निर्माणपश्चात् सभा सम्मेलनका लागि धेरै सहज हुनेछ। नगरका १२ वटा मुख्य सडकको स्तरोन्नति गर्ने कार्य अगाडि बढेको छ। सालझन्डी, दुर्गाफाँट, पटौटी, राङ्वा, सिमीचौर सडक निर्माणको निरन्तर अनुगमन गरिएको छ। एक आर्थिक वर्ष पूरा भएको अवस्थामा तपाईंहरूको मूल्याङ्कन पनि हुन थालेको छ। निर्वाचनमा गरेका प्रतिबद्धता कति सम्बोधन गर्नुभयो ? निर्वाचन लडेको मलाई हिजो जस्तै लाग्छ। निर्वाचनमा गरेका रेसुङ्गाका सात रङ– शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, सहरी विकास तथा विपत् र खानेपानी, सिँचाइ तथा सरसफाइ जस्ता धेरै प्रतिबद्धता पूरा गर्नेतर्फ अगाडि बढेका छौँ। आवश्यकताको आधारमा हामीले हाम्रा योजनालाई कार्यान्वयनको प्रक्रियामा लगेका छौँ। नगरको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न स्रोत साधनको कमी हुन्छ होला। काम कसरी अगाडि बढाउनुहुन्छ ? मेरै कार्यकालमा नगरलाई समृद्ध अनि समुन्नत बनाउने सपनालाई साकार पार्न दिनरात नभनी खटिएका छौँ। यस कार्यमा सबै जनप्रतिनिधि र नगरवासीका साथ र सहयोग रहेकाले सपना पूरा हुनेमा हामी ढुक्क छौँ। हामीले आमजनता र सरोकारवालाबाट सुझाव सङ्कलन गरी त्यसैकै आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरेका छौँ। हामी हाम्रो स्थानीय तहमा रहेका स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै प्रादेशिक तथा सङ्घीय सरकारको सहयोगमा समृद्ध अनि समुन्नत रेसुङ्गा निर्माणका लागि निरन्तर लागिपरेका छौँ। रेसुङ्गा क्षेत्रमा पर्यटन विकासको राम्रो सम्भावना छ। रेसुङ्गा क्षेत्रसहित यस नगरपालिकाको पर्यटन विकासका लागि के कस्ता काम सुरु गर्नुभएको छ ? हामीले रेसुङ्गा क्षेत्रको विकास र पर्यटनका लागि स्पष्ट योजना बनाएको छौँ। हामीले रेसुङ्गालाई बहुआयामिक दृष्टिकोणबाट पर्यटन विकासका लागि योजना तर्जुमा गरेका छौँ। केही दिनअघि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सुरु ग¥यौँ। रेसुङ्गाको धार्मिक, ऐतिहासिक महत्वबारे प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाइ धार्मिक पर्यटक भित्र्याउन चाहन्छौँ। यसका लागि रेसुङ्गा संरक्षण समितिको समन्वयमा आवश्यक योजना अगाडि बढाएका छौँ। रेसुङ्गा वन क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न विभिन्न किसिमका अध्ययन, अनुसन्धानका क्षेत्र निर्धारण गरी अगाडि बढ्ने सोच बनाएका छौँ। यसका साथै लामो समयसम्म गुल्मेलीको प्रतीक्षामा रहेको वि
साझा अठोट, समुन्नत र सुन्दर गैँडाकोट
चितवनको भरतपुर महानगरसँगै जोडिएको नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका विकास र समृद्धिको यात्रामा अघि बढेको छ । गण्डकी प्रदेशको यो नगरपालिकाको नेतृत्व परिपक्व, शालीन र भद्र व्यक्ति मदनभक्त अधिकारीले गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । गैँडाकोटको विकास गर्न उहाँ तल्लीन हुनुहुन्छ । पञ्चायतकालमा २५ वर्ष गैँडाकोटको प्रधानपञ्च भएर काम गरिसकेका अधिकारी विकासप्रेमी नेताका रूपमा परिचित हुुनुुहुुन्छ । गोरखापत्रका होमराज रानाभाटले नगर प्रमुुख अधिकारीसँग गर्नुुभएको कुुराकानी :
अन्यायविरुद्ध लड्नु मेरो चरित्र हो : नायिका थापा
नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको एकछत्र राज चल्थ्यो । नायिका, निर्माता र निर्देशकसम्मको उहाँको चलचित्र यात्रा धेरैका लागि प्रेरणादायी हुन सक्छ । वीर नायिकाका रूपमा पटक पटक पर्दामा देखिने नायिका थापा राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सामाजिक सेवामा पनि समर्पित थापा आफ्नो प्रतिभा र क्षमता देखाउन चाहने महिलाका लागि सहयोग गर्न सधैँ तत्पर रहनुहुन्छ । चलचित्र क्षेत्रको समसामयिक विषयमा नायिका थापासँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
‘बिग्रेका पक्ष सपार्न लागिपरेका छौँ’: अध्यक्ष नेम्वाङ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि प्रायोजकको कहिल्यै कमी भएन । यसबाहेक फिफाबाट एन्फालाई वार्षिक रुपमा लाखौँ डलर समेत आए त्यसैले यो संस्था धनी मध्येको एक बनेको छ । अन्य खेल संस्थाभन्दा एन्फा आर्थिक र भौतिक रूपमा सबल छ । तर अहिले नेपाली फुटबलको लोकप्रियतालाई क्रिकेटले चुनौती दिइरहेको छ । फिफाको खातामा रहेको एन्फाको रकम पनि कन्ट्रोल फन्डिङमा हुँदा एन्फा आर्थिक रूपले पनि समस्यामा छ ।
मेलम्चीलाई दिगो बनाएर लार्के र याङ्ग्रीको काम सुरु गर्दैछौँ : खानेपानी मन्त्री यादव
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले यही असार २ गते राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको मेलम्ची खानेपानीको स्थलगत अनुगमन गरेको थियो ।
‘शर्मालीगढी किल्ला संरक्षण गर्न गुरुयोजना बनाएका छौँ’
बैतडीका १० वटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिका तल्लो स्वराड क्षेत्रमा पर्दछ । यस गाउँपालिकाले डडेलधुरा र भारतको चम्पावत जिल्लालाई छोएको छ । शिवनाथ गाउँपालिका र भारतको चम्पावत जिल्लालाई महाकाली नदीको सिमानाले छुट्याएको छ । नेपाली कांग्रेसबाट ४७ वर्षीय कर्णसिंह साउद दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । पहिलो कार्यकाल उहाँका लागि अनुभव र परीक्षण कालका रूपमा रहे पनि दोस्रो कार्यकालमा सर्वसाधारण नागरिकको सेवा तथा विकास निर्माणलगायत विविध विषयमा प्रस्तुत छ, अध्यक्ष साउदसँग गोरखापत्र दैनिकका लागि गोकर्ण दयालले गरेको कुराकानी :
कृषि उत्पादन बजारसम्म लैजाने सुविधा मिलाएका छौँ
इच्छाकामना गाउँपालिका चितवन जिल्लाको उत्तरी भेगमा पर्छ। विकासको दृष्टिले पछाडि भए पनि पर्यटकीय दृष्टिले यसको महत्व अलग्गै छ। देशकै राजधानी जाने मुख्य पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, प्रख्यात मनकामना मन्दिर जाने मार्ग यही गाउँपालिका भएर जान्छ। यहाँका विकासका सम्भावना र चुनौतीबारे इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसँग गोरखापत्रका शालिग्राम नेपालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :