बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा महत
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ ।
स्रोत जुटाउनुपर्ने चुनौती छ
नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२ र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
पूर्ण अर्गानिक क्षेत्र घोषणा गर्ने योजना छ
ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालकै तेस्रो ठुलो स्थानीय तह हो। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा यही गाउँपालिकामा पर्दछ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकामा जलस्रोतका रूपमा तमोर नदी, घुन्सा खोलालगायत छन्। धेरै पर्यटकीय
‘नागरिकले अनुभव गर्ने गरी काम गरेका छौँ’
पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७७० रहेको छ। यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ। जिल्लाको मध्यभागमा पर्ने यस गाउँपालिकावासीको आम्दानीमा कृषि व्यवसायको ठुलो हिस्सा रहेको छ। स्थानीय बासिन्दाको आम्दानीको स्रोत वैदेशिक रोजगारी पनि हो। अध्ययनका लागि बिदेसिने र बसाइँसराइ गर्ने क्रम पनि बढिरहेको छ। दोस्रो स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष बितिसकेको छ। यहाँको विकासका लागि जनप्रतिनिधि लागिपरेका छन्। गाउँपालिकाका अध्यक्ष नारायण कार्कीसँग गोरखापत्रकर्मी बिन्दु थापाले गरेको कुराकानी :
समृद्ध नगरपालिका बनाउनेतर्फ काम भइरहेको छ
रामेछाप जिल्लाको सदरमुकाम हो, मन्थली नगरपालिका। १४ वटा वडा रहेको मन्थली नगरपालिकाले अहिले समृद्ध नगरपालिका बनाउने दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ। समृद्ध मन्थली नगरपालिका बनाउन भएका कामबारे नेकपा (एमाले) बाट निर्वाचित मन्थली नगरपालिकाका प्रमुख लवकुमार श्रेष्ठसँग गोरखापत्रका नवराज श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउँछु
मधेश प्रदेशको सर्लाही जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये चन्द्रनगर गाउँपालिका एक हो। यो मूलतः ग्रामीण क्षेत्र भएको गाउँपालिका हो। बालबालिका र किशोरीका समस्या यहाँको जटिल सामाजिक समस्या हो भने कृषिमा आश्रित जनसङ्ख्या धेरै भएकाले ग्रामीण र कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। यीलगायत विविध विषयमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोसँग गोरखापत्रका जनार्जन खत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
उत्पादनकेन्द्रित योजना ल्याएका छौँ
स्थानीय तहको दोस्रो निर्वाचनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित हुनुभएको थियो। उहाँसँगै गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ। यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष बन्जाराले बताउनुभएको छ। यसै सन्दर्भमा अध्यक्ष लोकप्रसाद बन्जारासँग गोरखापत्रका नरेन्द्र ढकालले गर्नुभएको कुराकानी : गाउँपालिकाको अध्यक्षको भूमिकामा तपाईंले एक वर्ष पूरा गर्नुभयो, यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यो एक वर्षको कार्यकालमा म आफैँ पूर्ण सन्तुष्ट छैन। हामीले जे, जति, जसरी गर्ने भन्ने सोच राखेका थियौँ
खलबलिएको सामाजिक सद्भाव पुनर्स्थापित गर्दै छु
२०२४ सालमा राजा महेन्द्र कञ्चनपुरको शुक्लाफाँटाबाट काठमाडौँ फर्किंदै गर्दा एक्कासी अस्वस्थ भएपछि हेलिकोप्टरबाट कैलालीको टीकापुरमा अवतरण गरी एक महिना विश्राम गर्नुभएको थियो। स्वास्थ्य लाभका लागि टीकापुरमा विश्राम लिने क्रममा राजा महेन्द्रले टीकापुर रमाइलोसँग अवलोकन गर्नुभयो। त्यसपछि राजा महेन्द्रकै निर्देशनमा टीकापुर व्यवस्थित (प्लानिङ) सहरका रूपमा विकास भई २०५३ सालमा नगरपालिका बनेको हो। राजा बसेको स्थानमा बनेको उद्यान, कर्णाली नदी, दुर्लभ ज
जनजीविका बदल्ने मुख्य अभिभारा हाम्रो छ
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ। मध्यपहाडी राजमार्ग आसपासमा सरकारले विकास गरिरहेको प्रमुख १० सहरमध्ये एउटा हो, रुकुमपश्चिमको चौरजहारी नगरपालिका। उहाँले सो नगरपालिकाको नेतृत्व गरेको पनि एक वर्ष बितेको छ। उत्पीडित वर्गको प्रतिनिधित्वका रूपमा स्थानीय सरकारको नेतृत्व गरिरहेका वादीले सहरोन्मुख नगरवासीका विकाससम्बन्धी असीमित चाहनाको सम्बोधन गर्नुपर्ने चुनौती पनि सा