६०८ ग्राम लागुऔषधसहित दुई पक्राउ
झापाको कनकाई नगरपालिका –५ चप्रामारीमा ठूलो परिमाणमा लागुऔषधसहित खैरो हिरोईन सहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।
रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्धनमा जोड
लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा – थार अन्तर्राष्ट्रिय सम्मेलन २०८३’ सुरु भएको छ।
रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड
लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ ।
पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन : ५० तोला सुन प्राप्त
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो ।
इलाम गोल्डकपको तयारी पूरा
भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ ।
जलविद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन माथिल्लो मेवाखोला ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ ।
मिक्सचर मेसिनले किच्दा जलविद्युत् आयोजनाका कामदारको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका अन्दाजी ४० वर्षीय धनसिंह साउदको मेसिन सफा गर्ने क्रममा मेसिनले किचेर मृत्यु भएको हो ।
पाथीभरा मन्दिरको अनियमितता छानबिनमा आलटाल
इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा भएको भनिएको अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ ।
विद्यार्थी भर्नामा खोप कार्ड अनिवार्य
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य गरेको छ ।
सल्लेरीमा दुई दिने कला साहित्य यात्रा
नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित दुई दिने १९ औँ कला साहित्य यात्रा सम्पन्न भएको छ ।
फिदिम बजारमा ‘लिम्बुवान गेट’ निर्माण आरम्भ
पाँचथर सदरमुकाम फिदिम बजारको मुख्य भागमा निर्माण हुन लागेको ‘लिम्बुवान गेट’ को काम सुरु गरिएको छ ।
पाँचथर प्रशासनमा बिदामा पनि सेवा सञ्चालन
जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ हुने
पूर्वी पहाडमा सांस्कृतिक तथा कलात्मक गतिविधि विस्तार गर्ने उद्देश्यसहित धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ ।
सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए ।
सप्तकोसी किनार आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै
सप्तकोसी नदी किनार क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सप्तकोसी नदीको पूर्वी तटबन्ध क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको हो ।
भूमिगत सिँचाइले ल्यायो खुसी
सिँचाइ सुविधाबाट टाढा रहेका वराहक्षेत्र नगरपालिका–७, देवीघाट टोलका किसानलाई भूमिगत जल सिँचाइले खुसी ल्याएको छ । सप्तकोशी नदी र नहरको बिचमा रहेको गाउँमा भूमिगत जल सिँचाइबाट सुविधा पाएपछि किसान खुसी बनेका छन् ।
‘सुशासनका लागि काम गर्छु’
सामाजसेवा गर्दै सेवाको भावबाट राजनीतिमा प्रवेश गर्नुभएकी सृष्टि भट्टराई समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । युवाको पक्षमा वकालत, हत्या, हिंसा र बलात्कार तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आउनुभएको थियो ।
गैँडाको खागसहित चार जना पक्राउ
सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा डेब्यु गरेको सम्राट विराट गोल्डकपको फाइनलमा
घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ ।
मानेभञ्ज्याङमा घरदैलोमै कालाजार परीक्षण
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा कालाजार विरुद्ध सक्रिय खोज तथा परीक्षण अभियान सुरु गरिएको छ । जोखिमयुक्त बस्तीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर परीक्षणमा जुटेका हुन् ।
विमानस्थल र प्रादेशिक अस्पताल निर्माण मुख्य प्राथमिकता : सांसद पोखरेल
ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ।
साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ
तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ ।