जिप दुर्घटना हुँदा १३ जना घाइते
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् ।
विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे
सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख देवराज घिमिरेले बताउनु भएको छ । सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफलै नगरी ल्याउन गरेको यो ९ महिनाको अवधिमा मैले महसुस गरेको छु, घिमिरेले भन्नुभयो ।
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।
मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानुनी दायरमा ल्याउने बताउनुभएको छ ।
कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ ।
६ टन अस्वस्थ माछा बरामद
झापाको दमकमा धेरै चलेको दमकको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ ।
पहिरो पीडितलाई अस्थायी आवास गृह हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको अस्थायी आवास गृह (घर) पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ । मैवाखोलाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास घर पीडित परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो ।
उदयपुरमा डेंगु सङ्क्रमणबाट एकको मृत्यु
उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।