इटहरीमा गोरखापत्रको निर्वाचन लक्षित अनुशिक्षण सुरु
गोरखापत्र संस्थानले प्रदेश नं १ र मधेश प्रदेशका जिल्ला समाचारदाताहरुलाई लक्षित गरी निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशमूलक अनुशिक्षण कार्यक्रम सुरु गरेको छ ।
फूल नफुल्दा चिन्तामा किसान
धनकुटा नगरपालिका वडा नं. ३, सिप्तेनका रेसबहादुर राईले यो वर्ष दस रोपनी १० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ। अघिल्लो वर्ष त्यही १० रोपनीमा लगाएको फूलबाट एक लाख ५० हजार आम्दानी गर्नुभएको राईले यो वर्ष पनि त्यति नै आम्दानी गर्ने सोच राख्नुभएको थियो तर यो वर्ष भने फूल कम फुलेका कारण चिन्तित हुनुहुन्छ। तिहारअघि नै फुलाएर बेच्ने लक्ष्यसहित फूल खेती गर्नुभएका राई तिहारपछि फूल फुल्ने चिन्ताले सताएको छ। यतिबेला फूल फुल्न थाल्नुपर्ने हो तर भर्खर कोपिला बस्दैछ, कहिले फुल्छ अनि कहिले बेच्नु, तिहारपछि त पक्कै फूल बिक्दैन उहाँ भन्नुहुन्छ।
महानगरको ध्यान लामखुट्टे र लार्भामा
विराटनगर महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र लार्भा नष्ट अभियान सुरु गरेको छ। रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर लामखुट्टे र लार्भा नष्ट गर्न थालिएको हो। यस अगाडि महानगरले सरोकारवालालाई राखेर लामखुट्टे र लार्भा नष्ट गर्नेबारे अभिमुखीकरण गराएको थियो। महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा कसरी नष्ट गर्न सकिन्छ भन्ने जानकारी गराएपछि वडास्तरीय अभियान सुरु गरेको हो।
अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।
जनादेशबाट सरकार निर्माणको दिनगन्ती सुरु–ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनादेशबाट सरकार बन्ने दिन नजिक आइसकेको बताउनु भएको छ । निर्वाचनको महासङ्ग्राम सुरु भएको बताउँदै ओलीले जनताले सही विवेक प्रयोग गर्ने र मूलकलाई नयाँ दिशा निर्देश गर्ने गरी आफ्नो अभिमत जाहेर गर्ने प्रमुख दिनको रूपमा निर्वाचन रहेको भन्दै यस्तो बताउनु भएको हो ।
अवरुद्ध सडक एक वर्षपछि खुल्यो
गत वर्षको कात्तिक ३ गते आएको बाढीले भत्काएको झापाको दमक–१०, सेतुवारीसँग मोरङको उर्लाबारी–९, थक्लुङ चोक जोड्ने सडक एक वर्षपछि मर्मत भई सञ्चालन भएको छ। २०७८ को कात्तिक ३ गते बेमौसमी वर्षापछि मावा खोलामा आएको बाढीले भत्काएको सडक एक वर्षपछि पुनः सञ्चालन भएको हो।
बालुवामा धान खोज्दै किसान
पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ ।
ओखलढुङ्गामा गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा
मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते
झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।