पाँचथरबाट एमालेका २९ जना प्रतिनिधि चुनिए
नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशनका लागि एमाले पाँचथरले ८ वटा स्थानीय तहबाट २९ जना प्रतिनिधि छनौट गरेको छ । एमालेको प्रदेश अधिवेश असोज १२ र १३ गते विराटनगरमा हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा सुरक्षा बैठक बस्दै
कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ । बैठकमा मुख्य गरी कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने योजना छ ।
केरा बेचेर घरखर्चको जोहो
बेलका नगरपालिका–६, लामीडाँडा गाउँका पूर्णबहादुर राईले स्थानीय सिसुवा बजारमा लामो समयदेखि केरा बिक्री गर्दै आउनुभएको छ । आफ्नो भिरालो बारीमा उत्पादन गरेको केराको घरी नै काटेर बजारमा ल्याएर बिक्री गर्दा राम्रै मुनाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।
घुन्सा दुर्घटनामा दिवङ्गतहरूको स्मरणमा बनाइएका सालिक
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा रहेको श्री एयरलाइन्सको हेलिकप्टर घुन्सा दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई सहितका २४ जना दिवंगत संरक्षणविदहरुको सालिक ।
ताप्लेजुङ एमालेद्वारा ५० जना प्रतिनिधि छनोट
नेकपा एमाले ताप्लेजुङले पार्टीको कोशी प्रदेश अधिवेशनका लागि पचास जना प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीले प्रदेश अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउने अधिकार रहनेगरी प्रतिनिधिको छनोट गरेको हो ।
पशुपालक कृषकलाई चार करोड अनुदान
धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् ।
मैवाखोलालाई खोज तथा उद्धार सामग्री प्रदान
ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई विपतमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री प्राप्त भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारको कार्यमा प्रयोग हुने आवश्यक सामग्री मैवाखोला गाउँपालिकालाई प्रदान गरेको हो ।
देशमा हिंसा भड्काउने काम भइरहेको छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा हिंसा भड्काउने काम भइरहेको बताउनुभएको छ ।
बालबालिकाको पोषण लेखाजोखा गर्न स्वास्थ्य शिविर
विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सुरु गरेको छ । विराटनगरका सबै वडामा क्रमशः शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा गरिने भएको हो ।