ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु
ताप्लेजुङमा चट्याङले लागि घाइते भएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू (देवान) को उपचारको क्रममा मृत्यु भएको हो ।
विलासिता करको विरोध
ताप्लेजुङका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा मोटरसाइकल र्याली निकालेका छन्। सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा मोटरसाइकल र्याली निकाएिको हो।
देवरद्वारा भाउजूको हत्या
मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो झगडाले एक जनाको ज्यान लिएको छ ।
नगरप्रमुख पौडेलको चौतर्फी विरोध, अनियमितता गरेको आरोप
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् ।
सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको छ । गाउँपालिका–२को सादेवास्थित उक्त मन्दिरमा राखिएको मूर्ति तोडफोड भएको हो ।
सिस्ने खोलामा बेलिब्रिज निर्माण
ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा मोटर गुड्ने बेलिबिज निर्माण गरिएको छ । निर्माणाधीय तमोर कोरिडोर सडकअन्तर्गत पर्ने सिस्ने खोलामा बेलिब्रिज निर्माण गरिएको हो ।
ओखलढुङ्गामा बलात्कार कसुरमा दस वर्ष कैद फैसला
ओखलढुङ्गामा बलात्कार कसुरमा एक पुरुषलाई ओखलढुङ्गा जिल्ला अदालतले दस वर्ष कैद सजाय गरेको छ ।
दोभान बजारलाई पर्यटकीय क्षेत्र बनाइने
ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । मेरिङ्देन गाउँपालिका–३ मा रहेको ऐतिहासिक र व्यापारिक केन्द्र दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको हो ।
गाउँमै उद्यम गर्नेलाई सम्मान
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो ।
विद्यालयमा हाजिरी, घरमा जानकारी
तपाईं विद्यार्थी हुनुहुन्छ ? वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि ?
मानव-हात्ती द्वन्द्व न्यूनीकरणको आवश्यकता
गत बिहीबार बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो । अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो ।
दुई सय १३ परिवारलाई लालपुर्जा
वैलानी जग्गामा अव्यवस्थित बसोबास गर्दैआएका इलामका दुईसय १३ भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराइएको छ । अहिलेसम्म माङ्सेबुङ गाउँपालिकामा ११०, रोङमा ७२ र चुलाचुलीमा ३१ भूमिहीन परिवारलाई जिल्लास्थित भूमि समस्या समाधान आयोगले जग्गाको लालपूर्जा उपलब्ध गराएको हो ।
ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ ।
घाटसम्म शव वाहन निःशुल्क
वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका नागरिकको लागि शव वाहन सेवा निःशुल्क गरेको छ । नगपालिकाले नगरबासीका लागि शव घरदेखि घाटसम्म पु¥याउन शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो ।
कोदो रोपाइँमा व्यस्त किसान
पूर्वी पहाडी तथा हिमाली जिल्ला सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले किसानहरूलाई कोदो रोप्न भ्याईनभ्याइ छ ।
नागरिकमैत्री बिमा नीति ल्याउने तयारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिकलाई जोड्ने गरी बिमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्री
खेतमा पानी लगाउँदा करेन्ट लागेर मृत्यु
झापाको बुद्धशान्ति गाउँपालिकामा खेत रोप्न पैनीबाट मोटर जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा रोपाइँ गर्नका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बुद्धशान्ति ३ का ३९ वर्षीय रोषन जिमीको मृत्यु भएको हो ।
एक महिनापछि ताप्लेजुङमा भयो उडान
ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो ।
ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना
सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ ।
खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो ।
‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत
प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो ।
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ १२ मा स्तरोन्नति गर्ने निर्णय गरेपछि आज कोशी प्रदेश सरकारका स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो ।
एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ ।
ताप्लेजुङमा फैलन थाल्यो लम्पी स्किन सङ्क्रमण
ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौमध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।