घाटा खाएर आलु बिक्री गर्दै किसान
भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।
सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीमा सङ्घीयता प्रति नै वितृष्णा पैदा भएको बताउनुभयो ।
सार्वजनिक बिदाबाहेक विद्यालय बन्द गरे कारबाही
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कुनैपनि बहानामा विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
हिमाली क्षेत्र घुन्सामा फल्न थाल्यो स्याउ
ताप्लेजुङको हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा स्याउ फल्न थालेको छ। कञ्चनजङ्घा आधार शिविरको प्रवेशस्थल घुन्सा र फलेमा इटालीबाट बिरुवा ल्याएर रोपिएको स्याउ फल्न थालेको हो।
ताप्लेजुङमा ५५ हजार मेट्रिकटन आलु उत्पादन
ताप्लेजुङमा एकैवर्षमा ५५ हजार मेट्रिकटन बढी आलु उत्पादन भएको छ। गएको वर्ष जिल्लाका किसानले लगाएको आलु खेतीबाट कुल ५५ हजार २७९ मेट्रिकटन उत्पादन भएको हो।
अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ ।
बृहत् पदयात्रामा विदेशी पर्यटक
बृहत् पदमार्गका रूपमा रहेको ग्रेट हिमालयन ट्रेल पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका छन् । ताप्लेजुङदेखि सुरु भई पश्चिम दार्चुला पुगेर टुङ्गिने पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका हुन् ।
वडाध्यक्ष कप भलिबल उपाधि थुम्बेदिनलाई
पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले तिरिङ्गेलाई पराजित ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
झाँडीमा भेटिएका शिशुको अभिभावकत्व चिकित्सक दम्पतीलाई
भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई दिइएको छ । भद्रपुर नगरपालिकाले विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई अभिभावकत्वको जिम्मा लगाएको हो ।