तीन बालकको उद्धार
झापाको काँकडभिट्टा नाकाबाट तीन बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालमा सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।
सहकारीले बुझाएनन् विवरण
दमकका सहकारी संस्थाहरूले दमक नगरपालिकाको सूचना र निर्देशनलाई बारम्बार अटेर गर्ने गरेका पाइएको छ। नगरपालिकाले तोकिएको ढाँचामा आफ्नो विवरण नियमित रूपमा सहकारी शाखामा बुझाउन निर्देशन जारी गरे पनि सोको कार्यान्वयन भएको पाइँदैन।
इनरुवामा बहुसांस्कृतिक पार्क
इनरुवा नगरपालिका पहिलो पटक बहुसांस्कृतिक पार्क निर्माण गरिएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति छ
आठ वटा स्थानीय तह रहेको पाँचथर जिल्लाको एउटा मात्रै नगरपालिका हो फिदिम। कुल १९२.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका साबिकका फिदिम, चोकमागु, लुम्फाबुङ, शिवा, रानीटार, नागीन, लुङरुपा र याङनाम गरी आठ वटा गाउँ विकास समिति समेटेर गठन गरिएको हो । यहाँ १४ वटा वडा छन्। स्थानीय तह
अरिँगालले टोकेर वृद्धाको मृत्यु
ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।
पथरी शनिश्चरे प्रिमियर क्रिकेट लिग कात्तिकमा
पथरी शनिश्चरे प्रिमियर क्रिकेट लिगको चौथो संस्करण आगामी कात्तिक १० गते बाट हुने भएको छ ।
विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई
कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।