सिप सिक्दै महिला
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका महिला यति बेला बाँसका सामग्री निर्माण गर्न व्यस्त छन्। बाम्राङको वडा कार्यालयमा सञ्चालन भइरहेको तालिममा सहभागी महिला बाँसका सामग्री निर्माण गर्न व्यस्त भएका हुन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको समन्वयमा महिला उद्यमी महासङ्घले बाँसका सामग्री निर्माण गर्ने एकमहिने तालिम आयोजना गरेको हो। तालिममा ३० जना महिला सहभागी हुनुहुन्छ। तालिममा सहगाभी सबै महिला अहिले धमाधम बाँसका सामग्री निर्माण गरिरहनुभएको छ। उहाँहरू आफैँले बाँसका चोया काढेर पेनकेस, ¥याक, फूलदानी, डुङ्गा, बास्केट र डस्टबिन बुनिरहनुभएको छ।
झापामा डेंगु सङ्क्रमित महिलाको मृत्यु
दुई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ ।
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान
सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।
चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा
भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ ।
पहिरोपीडितलाई राहत सामग्री
फक्ताङ्लुङ गाउँपालिका–४, इखाबुका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो । फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पहिरोबाट घर क्षतिग्रस्त भई विस्थापित भएका बिरहाङ लिम्बू र भक्तबहादुर लिम्बूको परिवारसमेत नौ परिवारलाई राहत सामग्री वितरण गरेको हो । घर पूर्ण रूपमा क्षति भएका दुई परिवारलाई ५० किलोग्रामका दरले चामलसहितका खाद्यान्न सामग्री र एक एक थान त्रिपाल वितरण गरिएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजना , काम रोकिँदा साठी करोड नोक्सानी
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना विद्युत्गृहको काम रोकिएको बुधबार १२ दिन पुग्यो । बन्द खुलाउने प्रयास कतैबाट नहुँदा राज्यले दैनिक पाँच करोड रुपियाँ नोक्सानी बेहोर्नु परेको छ । अरुण तेस्रो विकास कम्पनी सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पिडिए) मा स्थानीयवासीको अवरोधका कारण काम रोकिए दैनिक पाँच करोड रुपियाँ नेपाल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्ने सर्त छ । उक्त सर्त अनुसार स्थानीयवासीको अवरोध सुरु हुनासाथ सतलज जलविद्युत् निगमले सरकारलाई पत्राचार गरिसकेको छ । उक्त पत्रका आधारमा नेपाल सरकारसँग क्षतिपूर्ति दाबी गरिने अरुण तेस्रो निर्माण पक्षले बताएका छन्
झापा लिग हुँदै
भद्रपुर झापा गोल्डकपको आयोजनामा खेलाडी समेतको छनौट गर्ने उद्देश्य राखेर झापा लिग गर्ने भएको छ । मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रङ्गशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो ।
खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न पहल
बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न दमक नगरपालिकाले पहल सुरु गरेको छ । खाद्य पदार्थ उत्पादन, प्रशोधन वा बिक्री वितरण गर्ने व्यवसायीहरू र उपभोक्ताहरूलाई नगरपालिकाले सचेत गराउन सुरु गरेको हो ।