एक्काइस जना नेपालीको उद्धार
रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर अनलाइन ठगीको धन्दामा लगाइएका २१ जना नेपाली नागरिकलाई उद्धारपछि शुक्रबार स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पु¥याएर त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाइएका २१ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको हो ।
इरानी नागरिकलाई आगमन प्रवेशाज्ञा बन्द
सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) बन्द गरेको छ । पश्चिम एसियाका देशमा जारी तनावका कारण राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो ।
सुशासनका लागि निर्मम हुनु पर्छ
यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइनजिक जनमत जितेसँगै रास्वपाको नेतृत्वमा शक्तिशाली सरकार निर्माण गर्ने तयारी भइरहेको छ । अब बन्ने सरकारप्रति सुशासन कायम गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने माग सर्वत्र छ । गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलन आधारभूत माग नै सुशासन भएको र सोही आन्दोलको जगमा निर्वाचन सम्पन्न भई नयाँ सरकार निर्माण हुन लागेकाले जेनजीको मागबमोजिम सुशासन स्थापित गर्नुको विकल्प छैन । सुशासनविद्ले भने रास्वपाको नेतृत्वमा अब बन्ने नयाँ सरकारले सुशासन कायम गर्न कुनै कसर बाँकी नराखी निर्मम रूपमा प्रस्तुत हुन सुझाव दिएका छन् ।
रास्वपा संसदीय दलको विधान संशोधन तयारी
प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ ।
महत्वपूर्ण दस्ताबेज संरक्षणका लागि ‘डिजिटल आर्काइभिङ’
सरकारले दीर्घकालीन महत्वका अध्ययन प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले त्यस्ता ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको हो ।
आज झापामा सबैभन्दा बढी वर्षा
मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।
इरानी नागरिकलाई 'अन अराइभल' भिसामा रोक
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो ।
गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।
ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चित नगरौँ : निगम
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् ।
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ ।
एमाले अध्यक्ष ओली अस्पतालमा, बुवाप्रति श्रद्धाञ्जली
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताल पुग्नुभएको छ ।
माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण
म्याग्दी, फागुन २९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठुलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको भौति
बिदा भए डेढ लाख निर्वाचन प्रहरी
यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ भर्ना गरिएका झन्डै डेढ लाख निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । काठमाडौँ उपत्यकालगायत ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना गरिएका निर्वाचन प्रहरीलाई मातहतका प्रहरी अधिकारीले टीका र खादा लगाएर सामूहिक रूपमा बिदाइ गर्नुभएको हो ।
भत्किए स्थापित दलका ‘किल्ला’
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा यसअघि प्रायः स्थापित दलका उम्मेदवारले जित्दै आएका किल्ला भत्किएको छ । आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ ।
सुरु भयो मनसुनपूर्वको वर्षा
नेपालमा मनसुनपूर्व (प्री मनसुन) को वर्षा हुन सुरु भएको छ । बुधबार रातिदेखि नेपालको पूर्वी भू–भागबाट मनसुनपूर्व झल्काउने गरी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गौरवका आयोजना घटाउनु पर्छ
नयाँ सरकारले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या घटाएर वित्त व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको विज्ञहरूले औँल्याउनुभएको छ । विशेष गरी पूर्वाधार विकासको परम्परागत ढाँचा, यससम्बन्धी ऐन कानुनको समय सापेक्ष परिमार्जन, नयाँ ऐन कानुन निर्माण, आयोजनालाई समयमा सम्पन्न गर्नुभन्दा लम्ब्याएर फाइदा लिने प्रवृत्ति हाबी छ ।
सांसदको शपथ अस्थायी सभाकक्षमा
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सांसदहरूको शपथ र संसद् अधिवेशनको तयारी सुरु भएको छ । निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदहरूको शपथग्रहणका लागि प्रयोग गर्ने तयारी छ । बैठकका लागि पनि यही कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
समानुपातिकमा रास्वपालाई सन्ताउन्न सिट
निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो । तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो ।
नेपालको प्रस्तावमा विश्वभर आरोग्य दिवस
नेपालको वैश्विक प्रयासको फलस्वरूप आगामी अप्रिल १५ देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ । नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको हो ।
आयोगद्वारा निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।