गाउँमै उपचार पाएपछि स्थानीयवासी खुसी
स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोटका स्थानीयवासी गाउँमा नै सहज उपचार पाएपछि खुसी छन् ।
जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।
गुल्मीमा सेनाको गण पुनः स्थापना हुने
गुल्मीको सदरमुकाम तम्घासमा नेपाली सेनाको गण पुनः स्थापनाका लागि पहल अगाडि बढाइएको छ । यहाँ गण पुनः स्थापनाका लागि गत कात्तिक २१ गते रेसुङ्गा नगरपालिकाबाट नेपाली सेनाको प्रधान कार्यालयमा पत्र पठाइएको नगरप्रमुख खिल ध्वज पन्थीले जानकारी दिनुभयो ।
विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने
सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ ।
तनहुँमा डेंगुबाट बालकको मृत्यु
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।
ठेक्का अलपत्र बनाउने १७ कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा
ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ ।
घट्यो च्याङ्ग्राको मूल्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य घटाएको छ । दसैँ र तिहारका लागि विक्री गर्न ल्याइएका च्याङ्ग्राको विक्री नभएपछि मूल्य घटाइएको हो । कम्पनीले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गरेर एक हजार १२५ रुपियाँ किलोग्रामका दरले च्याङ्ग्रा विक्री गर्ने जनाएको हो ।
छ वर्षपछि ढिला गरी राहुघाट–तातोपानी सडक खण्डको काम सुरु
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहु घाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण: आज फैसला
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दै छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज (शुक्रवार) आदेश हुने बताइएको छ ।