ट्याक्सी दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो ।
बाघको आक्रमणबाट एक जना घाइते
नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी लाभान्वित
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।
धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते
धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।
बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन
गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो
कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
महिलामाथिको हिंसाको स्वरूप बदलिँदै छ, कम भएको छैन : न्यायाधीश प्रधान
प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ ।
पर्यटक भित्र्याउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’
भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यसाथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ ।
मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न
सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठ दिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो ।
फू गाउँको गोरेटो बाटो स्तरोन्नति
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको छ ।
विद्यालयमा एक लाख बढीको अक्षय कोष स्थापना
पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ ।
गौर नगरपालिकाको सहयोगमा कर्मकाण्डको अध्यापन सुरु
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।
वेदकालीन राज्यका निकाय
वेदकालीन समाजमा क्रमशः परिवार, कुल, ग्राम, विश हुँदै राज्यको स्वरूप निर्माण हुँदै गएको थियो । राज्यको नेतृत्व गर्ने वर्ग तथा समूहलाई राजन्य भनिन्थ्यो खनि राज्यको नेतृत्व गर्ने व्यक्तिलाई राजा । राजा जन्मजात नभई जनताबाट छानिने चलन थियो । अयोग्य, अवगुणी र दुराचारी राजा जनताद्वारा पदच्युत तथा निर्वासित हुन सक्थे
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समालेर राख...सँगालेर राख
आर्य समाजको अनुयायी परिवारमा जन्मेकी उनलाई केही भजन गाउनबाहेक गीताङ्गे बन्न पारिवारिक सहमति थिएन । बाल्यावस्थामा स्वास्थ्य खासै राम्रो रहेन । उनी बिरामी परिरहन्थिन्, अस्पतालमा भर्ना भइरहनु पथ्र्यो । जसले गर्दा उनको विद्यालयको पढाइमा त्यति सन्तोषजनक नतिजा निस्किएन
महिनाको खेलाडी अञ्जना रानामगर (फुटबल गोलकिपर)
गत वर्ष साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको खेललाई नेपाली महिला फुटबलको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन मानिएको छ ।
कोभिडले बदल्यो शुक्रकीट
कोभिड–१९ सर्वमहामारीले विश्वभर ठुलो आर्थिक तथा मानवीय क्षति पुर्यायो । कोरोना सङ्क्रमणका कारण लाखौँ मानिसको मृत्यु भयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता
देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण पुनः सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता भएसँगै अधुरो रहेको सैनामैना चक्रपथ निर्माण सुरु हुने भएको हो ।
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा
जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् ।
खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था
शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
सडक विस्तारमा सकस
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने ९९३ विद्युत् पोल र ११६ वटा रुख हटाउनुपर्ने भएको छ ।