मालीबाट मालिक बनेकी ‘सनसरी’
वि.सं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की ।
स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी
प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो ।
बूढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने
बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
१२ कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
ओ शैलराज !
नियालेको छु तिमीलाई कहिले समीप त कहिले दूरबाट धेरै वर्षदेखि सबै यामहरूमा ए शैलचुली ! म तिमीसँगै बात मारिरहेको छु ।
छ सय अठतीसले लिए आर्थिक सहायता
कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश जानुभएकाले उहाँको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपियाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपियाँ प्राप्त ग-यो ।
डा. रुइतको अभिनन्दन
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ। डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उहाँलाई सम्मान गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले
लोप हुँदै गएको कुमाल समुदायको पेसाको संरक्षणमा पहल सुरु
कुमाल समुदायको पेसा संरक्षणका लागि पहल सुरु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–६, अमरपुर बुल्मचौरमा “औद्योगिक लगानी पूर्वाधार, समृद्धको बलियो आधार” भन्ने मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्रमा तीन महिने तालिम सुरु गरिएको हो ।
चालिसेलाई उत्कृष्ट आईटी अवार्ड
गोरखापत्रका पेज डिजाइनर सुरेन्द्र चालिसेलाई उत्कृष्ट आईटी अवार्ड प्रदान गरिएको छ। क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मलेसियाको क्वालालम्पुरमा आयोजना गरेको चौथो सन्देश इन्टरनेसनल सोसल अवार्ड वितरण समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले चालिसेलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।