ताप्लेजुङमा भलिबल प्रतियोगिता
ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
छाडा पशु व्यवस्थापनका लागि गौशाला
स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
फोहोरलाई मोहर बनाउने प्रयासमा इनरुवा नगरपालिका
इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजनालाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाई कार्यान्वयनको चरणमा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा
काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ ।
अर्जुन चौपारीमा औद्योगिक ग्राम सञ्चालनको तयारी
अर्जुन चौपारी गाउँपालिका रहेको औद्योगिक ग्राम प्रयोगमा ल्याउने तयारी गरिएको छ । २०७५ चैत ४ गते प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णय अनुसार अर्जुन चौपरी बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।
भूकम्पपीडित पत्रकारलाई ज्याकेट
प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टरका ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले राखेको जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको एक सय थान ज्याकेट उपलब्ध गराइने जानकारी दिनुभयो ।
हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री प्रचण्डको आह्वान (भिडियोसहित)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
छनोट शिविरबाट १३० मोतियाविन्दुका रोगी भेटिए
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झण्डै डेढ सय मोतियाविन्दुका रोगी भेटिएका छन् ।