लोकमार्गका पुल निर्माण अलपत्र
नाग्म–गमगढी लोकमार्ग अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्म तीन वटा पक्की पुलको निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापर्बाही
कञ्चनपुरको मोहना नदी–दैजी सडक निर्माणको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
आमा समूह र प्रहरीबिच देउडा नाच
सोह्र दिने लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत अन्तिम दिन आमा समूह र प्रहरीबिच देउडा नाच आयोजना गरिएको छ । लैङ्गिक हिंसाविरुद्ध आमा समूहका सदस्यलाई सव्रिmय बनाउन र चेतना फैलाउन प्रहरीले देउडा नाचमा सहभागिता जनाएको हो ।
‘प्रवासी जीवन’ पोस्टरमा अभिनेता हमाल
महानायक राजेश हमाल अभिनीत नयाँ चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक गरिएको छ । नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने
सडक निर्माणमा बालुवाको सट्टा माटो प्रयोग
डडेलधुराको भातकाँडा–बडाल–रेल सडक निर्माणमा बालुवाको सट्टा माटो प्रयोग गरिएको भेटिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका–१, रुवाखोला भए
कला पत्रकारिताका अवस्था र चुनौती
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यव्रmम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि
एउटै टोलबाट एक करोडको सुन्तला
गोरखाको गण्डकी गाउँपालिका–२, याङ्दी टोलबाट यस वर्ष एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । याङ्दीका किसानको मेहनत, उचित हेरचाह र अनुकूल मौसमका कारण यस पटक उत्पादन बढेर एक करोड रुपियाँको सुन्तला बिक्री भएको हो ।
मानव अधिकारको मर्म
पृथ्वीका प्रत्येक वस्तुको आफ्नो अस्तित्व छ । पारस्परिक अस्तित्व र उपयोगले नै संसार चलेको छ । जीवको उत्पत्ति र विकासव्रmमले अनेक सभ्यताको विकास गर्न सम्भव भयो । सभ्यताको विकाससँगै
सुशासन स्थापित गर्न निर्वाचन
भदौ २३ र २४ गते भएको जेनजी विद्रोह नेपाली समाजको ऐना हो । समग्रतामा व्यक्तिकेन्द्रित मनोढाँचा र मनोगत तर्कभ्यासको प्रबलताले राजनीतिक नेतृत्व पङ्क्तिको चिन्तन प्रवृत्तिलाई धरातलीय यथार्थबाट
मोदी–पुटिन कसिलो मित्रता
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिचको मित्रता घनिष्ट र सघन बन्दै गएको छ । दुवै नेता एकअर्काको खुलेर प्रशंसा गर्नुहुन्छ । मोदीले भारतलाई राजनीतिक स्थायित्व दिनुभएको छ ।
पत्रकारिता शिक्षाको पहुँच
राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले मूलतः सत्यको अन्वेषण गरी निष्पक्ष सूचना सम्प्रेषणमार्फत प्रत्येक नागरिकलाई सुसूचित गरिरहेको हुन्छ । पत्रकारितामार्फत सम्प्रेषण हुने प्रत्येक सूचना वा खुराकको
युवापुस्ताको सुनौलो सपना
काठमाडौँको एउटा क्याफेमा २२ वर्षीय युवती समीक्षा साथीहरूसँग बहसकै व्रmममा चिया पिउँदै छिन् । जसको काँधमा देश बोकेको सपना छ । लामो सुस्केरासँगै भन्छिन्, “देश ठिकै छ भन्नेलाई मलाई ठिक
१०० वर्ष अघिको
नेपियरको मूर्ति १९७० साल आषढ २४ गते सोमबार उहिले सरचार्लस नेपियरले सिन्धु देश जितेथे
मौरीससलाई दोहोरो करमुक्ति,सम्झौता खारेजीको जानकारी
नेपाल सरकारले मौरीसससँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ ।
सिग्रे दोभान पुल छिटो सम्पन्न गर्न निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रे दोभानको पक्की पुलको निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
पाँच शव नेपाल ल्याउने तयारी
भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । उक्त नाइटक्लबको भान्सामा
कार्बन व्यापारमा निजी क्षेत्र पनि
निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूaनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो ।
आश्रित नागरिकको मताधिकार अनिश्चित
निर्वाचन आयोगको अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधिले निर्वाचन क्षेत्रबाहिर रहेका अपाङ्ग भएका र ज्येष्ठ नागरिकलाई समेटेको छैन । आयोगले मङ्सिर १७ सार्वजनिक गरेको कार्यविधिमा यो विषय समावेश छैन ।
पढ्दै कमाउँदै अभियानमा विद्यार्थी
मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्राले अध्ययनसँगै डोको र चकटी बुनेर आम्दानी लिन थालेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म १०८
एउटै गाउँबाट दुई करोडको तरुल,गाउँ नै व्यावसायिक उत्पादनमा
माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल
शिक्षकलाई हेलिकोप्टर चढाएर बिदाइ
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए । मङ्गलबार कुनै पर्व थिएन, न त मेलापात वा महोत्सव
बालबालिकासम्बन्धि ऐन कार्यान्वयन प्रभावकारी नभएको गुनासो
बालबालिकाको संरक्षण तथा सशक्तिकरणका लागि विभिन्न खालका ऐन कानुनको निर्माण भए पनि कार्यान्वयनको अवस्था प्रभावकारी नभएको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।
११ औं महाधिवेशनको निम्तो दिन एमाले नेताहरू घरदैलोमा
नेपाल कम्युनिष्ट पाडर्टी (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीका नेताहरुले निमन्त्रणा दिने कार्य सुरु गर्नुभएको छ ।
रेडप्लस कार्यक्रमलाई आदिबासी र लोपोन्मुख समुदायमा केन्द्रित गर्न सुझाव
आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने विषयमा डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम नेपाल) को राष्ट्रिय सञ्चालन समिति (एनएससी) बैठकमा गम्भीर छलफल भएको छ ।