संसदमा गणपूरक सङ्ख्या
राज्यका तीन प्रमुख अङ्ग मानिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका हुन्छ ।
ब्रिक्स् : चुनौती कि यथार्थपरक विकल्प
दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजधानी रियो द जनेरो ६–७ जुलाई (२२–२३ असार) दुई दिन एउटा विशिष्ट अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा परिणत भएको थियो । ‘ब्रिक्स्’ भनिने समूहका एघारवटा सदस्य–राष्ट्र र नौवटा साझेदार–राष्ट्रका उच्चस्तरीय नेतागण सम्मेलनका सहभागी थिए ।
कृषि अनुसन्धानमा बौद्धिक सम्पत्ति
बौद्धिक सम्पत्ति भन्नाले मान्छेले बुद्धि प्रयोग गरी सिर्जना गरेको लेख, रचना, सङ्गीत तथा आविष्कारलाई बुझाउँछ,
गृह प्रशासनका एक वर्ष : नीतिगत र कानुनी सुधार
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी समालेको एक वर्षको अवधिमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न महत्वपूर्ण काम गर्नुभएको छ ।
मनसुनजन्य विपतको जोखिम
पछिल्लो समय काठमाडौँलगायत नेपालका धेरै स्थानमा कतै अत्यधिक गर्मी त कतै भारी वर्षा हुन थालेको छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण पृथ्वीको तापमानमा वृद्धि हुन गई नेपालमा पनि कतै खडेरी पर्ने र कतै अनियमित वर्षा हुने गरेको छ ।
सामाजिक विषयवस्तुको ‘सिटामोल’
चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालाई भिडियोमा देख्न सकिन्छ ।
‘गुन्यु चोलो’ मा नाजिर
चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत बुधबार एक कार्यक्रमबिच काठमाडौँमा सार्वजनिक गरियो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनीषा पोखरेलको स्वर छ । गीतमा लेखु सहयात्रीकै सङ्गीत रहेको छ ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कार प्रदान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको राष्ट्रिय तथा प्रादेशिकसहितका विभिन्न पुरस्कार प्रदान गरेको छ ।
कोदो खाने चलनले बढायो आयात
मुलुकमा वार्षिक पौने अर्ब रुपियाँ बराबरको कोदो आयात हुने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा कोदो आयात हुने गरेको हो ।
सुदूरपश्चिममा त्रियानब्बे प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइँ भएको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ ।
उखु किसानले पाएनन् अनुदान
गत वर्ष चैतअघि नै चिनी मिललाई उखु बेचेका किसानले तत्काल अनुदान रकम नपाउने भएका छन् । सरकारले उखु पेल्ने सिजन २०८१/८२ मा उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम प्रदान गर्ने निर्णय गरेको थियो । अब आगामी आव २०८२/८३ बाट त उखु किसानलाई अनुदान प्रदान गर्न बजेट नै विनियोजन गरिएको छैन ।
महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित
सरकारले विभिन्न विधामा ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गर्नुभयो ।
श्रमिकमा समर्पित ताम्रपत्र
श्रम र श्रमिकको सम्मान, त्यो पनि ताम्रपत्रमा नाम लेखेर ! यस्तो विषय अलि आश्चर्य लाग्ने नै हो तर सङ्घीय शासनप्रणाली अन्तर्गत गाउँमा पुगेको ‘जुम्लाको सिंहदरबार’ ले यहाँको कुलोमा श्रमदान गर्ने श्रमिकको नाम ताम्रपत्रमा लेखेर सम्मान गरेको छ ।
वैदेशिक यात्रामा बाहिरियो दुई खर्ब
विदेश यात्राका लागि नेपालीले ११ महिनामा मात्रै दुई खर्ब रुपियाँ खर्चिएका छन् । शिक्षा, रोजगारी तथा घुमघाम जस्ता उद्देश्यका लागि हुने यस्तो खर्च अहिलेसम्मकै सर्वाधिक हो ।
बत्तिस वर्षमा दार्चुलामा तुइनबाट तेइस जना खसे
दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनेको सङ्ख्या ३२ वर्षको अवधिमा २३ पुगेको छ । तीमध्ये मङ्गलबार पनि तुइन तर्ने क्रममा एक जना नदीमा खसेर बेपत्ता भएका छन् । तुइनमार्फत भारतीय बजार जाने क्रममा मङ्गलबार व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता हुनुभएको हो ।
समृद्धिका लागि वनको योगदान प्रभावकारी
वन तथा वातावरण मन्त्रालयले नीतिगत सुधारसँगै नेपाल सरकारको समृद्धिको लक्ष्यको प्रभावकारी सहायक बनेको दाबी गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले एक वर्षको अवधिको काम सम्पादनबारे बुधबार जानकारी दिँदै वन तथा वातावरण क्षेत्रको सन्तुलित र उपभोगमैत्री दायित्व पूरा गर्न सफल भएको बताउनुभयो ।
पिसिएल नर्सिङको कोटा निर्धारण
चिकित्सा शिक्षा आयोगको बुधबारको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।
खतिवडासँग समितिको सोधपुछ ‘मैले कर्मचारीलाई विश्वास गरेँ’
सङ्घीय निजामती सेवा विधेयकमा प्रतिवेदन तयारीमा भएको त्रुटिबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
वर्षा सुरु भएसँगै गुल्मीका बासिन्दा त्रासले निदाउन सक्दैनन्
बर्सात सुरु भएसँगै बडीगाडखोला किनारका स्थानीय ढुक्कले निदाउन छोडेका छन् । २०७३ सालमा बडीगाडखोलाले सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी पवित्रा भुसालको घरगोठसहित खेत बगायो । सात वर्ष छिमेकमा छाप्रोकै बास भयो ।
रहनुभएन किसुनजीको चिया अड्डाकी ‘लक्ष्मी दिदी’
पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल ।
उठ्न सक्छ वार्षिक चालिस अर्ब
मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि वीर अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गर्दा पनि निःशुल्क भएको थियो ।
अझै चल्दै छन् देशभर चौध अवैध तुइन
अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने
भूमिहीनलाई लालपुर्जा वितरण
सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
स्थानीय सेवा ऐन संशोधन विधेयक पारित
कर्णाली प्रदेश स्थानीय सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको ३१ औं बैठकबाट कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।