समन्वयको अभावले विद्युत् तार भूमिगत कार्यक्रम अलपत्र
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनुभएको छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताउनुुभएको हो । सरकारी निकायबिचको समन्वय अभावमा ठुलो र महत्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ ।
जाजरकोट भूकम्प: अस्थायी आवासका लागि चौबिस करोड पठाइयो
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।
बुवा–छोराको कथा ‘एनिमल’
बुवा–छोराबिच द्वन्द्व र प्रेम हुनु सामान्य कुरा हो र यही विषयलाई लिएर बलिउडमा धेरै चलचित्र बनिसकेका छन् । अमिताभ बच्चन र दिलीपकुमार अभिनित चलचित्र ‘शक्ति’, अमिताभ बच्चन र प्राण अभिनित ‘सराबी’ बुवा–छोराबिचको कथा भएको चलचित्र हो । पुरानो जमानाको भए पनि यी चलचित्रलाई अहिले पनि धेरैले सम्झिने गरेका छन् । अहिले युवावर्गलाई लक्षित गरेर निर्देशक सन्दीप रेड्डी वाङ्गाले बुवा–छोराकै सम्बन्धको विषयलाई लिएर एउटा द्वन्द्वले भरिएको चलचित्र ‘एनिमल’ दर्शकसामु पस्कनुभएको छ । साथै निर्देशकले बलिउडमा केही नाम चलेका कलाकारलाई पनि चलचित्रमा अभिनय गराउनुभएको छ ।
सिनेमाघर एपमा ‘पानीफोटो’
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ । गत वर्ष प्रदर्शन भएको चलचित्रमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।
च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो। उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ।
एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक
सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकाले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।
घट्यो इन्धन आयात
चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।
‘कोप–२८ महत्त्वपूर्ण अवसर’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई नेपालका लागि यस पटक महत्त्वपूर्ण अवसरका रूपमा रहेको स्पष्ट पार्नुभएको छ । दुबईमा सुरु भएको कोप–२८ सम्मेलन अन्तर्गतको उच्चस्तरीय ग्लोबल स्टकटेटिभ इभेन्ट अन एडप्सन विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त नेपाल विश्व समुदायको प्राथमिकतामा रहेको औँल्याउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्टिकामा परेको भन्ने अभिव्यक्ति कोप उद्घाटन समारोहमा दिएबाटै नेपाल विश्वकै नजरमा परेको स्पष्ट पार्नुभएको हो ।
दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल
दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो । बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ ।