युवक कालीगण्डकी नदीमा मृत फेला
आठ दिनदेखि सम्पर्कविहीन रहेका एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको पूर्वखोला –१ सिलुवा घर भई रामपुर नगरपालिका –७ किसानबारी बस्दैआएका २२ बर्षीय सन्तोष पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका–१ गडौलीटार स्थित कालीगण्डकी नदी किनारमा मृत फेला परेका हुन् ।
मुक्त कमलहरीको एक दशक : अझै भएन दिगो व्यवस्थापन
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा “मुक्त कमलहरीको एक दशक -स्वतन्त्र बन्धक मजदुरका अनुभव र कथा_ को विषयमा छलफल भएको छ।
कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलनको तयारी पूरा
भोलि बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर,केन्द्रीय सदस्य,प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
‘अपाङ्गताअधिकार प्रवर्द्धन समिति’ गठन गर्न माग
राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले नेपाल सरकाले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका ऐन, कानुन, नीति, नियमलाई कार्यान्वयन गर्न सङ्घीयस्तरमा प्रधानमन्त्री कार्यालयमा ‘अपाङ्गता अधिकार प्रवद्र्धन समिति’ गठन गरी सोको संरचना सङ्घ प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने माग गरेको छ ।
लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित
जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाका घटनामा सबैभन्दा बढी दलित महिला परेको एक अध्ययनले देखाएको छ । दलित महिला सङ्घले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो ।
हिमालय खबरको एक लाख ३४ हजार सहयोग
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमाल खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।
रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास
“पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
पञ्चेबाजा संरक्षणमा बाँकेका महिला
बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका–८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै संरक्षण समेत गर्दै आएको बताउनुभयो ।
बालबालिकालाई न्यानो कपडा वितरण
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–७ का भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । वडाका ६७५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।