रोगलाई जितेपछि नगर प्रमुख आफैँ प्रचारमा
बाहिर धाराको, बोतलको पानी पिउनै नमिल्ने, फ्रिजको पानी र आइस त छुनै नहुने भएपछि नवलपुरको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले १० वर्षसम्म थर्मसमा तातो पानी बोकेर हिँड्नुभयो ।
पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार
सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
जनतासँग एमालेको सम्बन्ध सुध्रिदै गएको छ : एमाले
नेकपा (एमाले) ले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदैगएको निष्कर्ष निकालेको छ । पार्टी विस्तारको मह्त्वपूर्ण अङ्गको रुपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको हो ।
परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताउनुभएको छ ।
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘छाउगोठ भत्काउन अभियान थालौँ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गर्नुभएको छ । उहाँले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गर्नुभएको छ ।
तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता
दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त प्रमाणीकरण सम्बन्धी पत्रको बेहाेरा पढेर सुनाउने गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पौडेलले 'सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२' पेस गर्नुहुने कार्यक्रम रहेको छ।
मधुश्रावणी पूजा सुरू
सप्तरीसहित तराई मधेशका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मङ्गलबारदेखि सुरू भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारणसभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।
वालिङमा मोसो बाँसको १५०० बिरुवा रोपियो
सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ ।
बिमामा आबद्ध भएको एक महिनामा उपचार सुविधा
बिमितले साउन १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएको एक महिनापछि उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि लागु हुनेगरी सेवा सुविधा लागु हुने समय छोट्याउन निर्णय गरेको छ । यो निर्णयसँगै बिमितले एक महिनाको अन्तरमा उपचार सुविधा पाउने भएका हुन् ।
सिँचाइ आयोजनाबाट पानी आएपछि कृषक उत्साहित
अन्न भण्डारको रूपमा परिचित बागलुङ नगरपालिका –१३, बलेवाको दम्कफाँटमा लिफ्ट सिँचाइ आयोजनाबाट पानी आउन थालेपछि किसान उत्साहित भएका छन् ।
सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने
ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१, मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो ।
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
हराउँदै रोपाइँको असारे परम्परा
पहिले बर्खा लागेसँगै गाउँ–गाउँमा बेग्लै रौनक हुन्थ्यो । गाउँभरीका मान्छे भेला भई रोपाइँसँगै नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो । भकारी बाँध्ने चलन थियो । असारे भाका गुन्जन्थे ।
सांस्कृतिक सम्पदामा उम्रिएको रूख
पाटन कृष्ण मन्दिरसँगैको सांस्कृतिक सम्पदामा उम्रिएको रूख ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
म्याग्दी सदरमुकाम बेनीस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा ताला लगाइएको छ ।
अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या
प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
कुरीति अन्त्यमा लाग्न अनेमसङ्घ कैलालीको आह्वान
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) कैलालीले कृष्णपुर नगरपालिका –१, कञ्चनपुरका २८ वर्षीया महिला कमला आउजीको छाउगोठमा बसेका बेला सर्पको टोकाइबाट भएको मृत्युप्रति स्तब्ध भएको जनाएको छ ।
बाल संरक्षण केन्द्र सहारा नभएकाको टेको बन्दै
बारबर्दिया नगरपालिका–३, खुरखुरे बस्ने चाँदनी शाहीका बुवाआमा दुवै बिरामी हुनुहुन्थ्यो । बुवाको मिर्गौला फेल भएको थियो भने आमाको मुटुमा प्वाल परेको थियो । आमाबुवा उपचारका लागि काठमाडौँ बस्नुभएको थियो ।
नमुना अटो भिलेजको नयाँ स्वरूप
सरसफाइको अभावमा सधैँ फोहोर र दुर्गन्धित हुने बुटवलको मैनाबगरस्थित नमुना बुटवल अटो भिलेजले स्वरूप परिवर्तन गरेको छ । आवश्यक पूर्वाधार निर्माणको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बुटवलस्थित पहिलो नमुना अटो भिलेज अहिले व्यवस्थित बनेको छ ।
स्तन क्यान्सर परीक्षण गर्न प्रविधि जडान
महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
बोक्चे र भिगौँडाको सडक स्तरोन्नति
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१, बोक्चे र भिगौँडाको सडक स्तरोन्नति गरिएको छ ।