राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने : कार्यतालिका सार्वजनिक
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
राष्ट्रिय सभा बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ ।
सभामुखसँग भारतीय राजदूतको भेट
सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
आवश्यक कानुन निर्माण गर्न संसद् तयार
सभामुख देवराज घिमिरेले जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्न सङ्घीय संसद् तयार रहेको बताउनुभएको छ । जिल्लाभित्र भएका स्थानीय तह र अन्य कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका भएको जिससलाई कानुन निर्माण गरेर सहयोग गर्न संसद् तयार रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति निर्वाचन समयमै गर्न सांसदको जोड
राष्ट्रपति निर्वाचन समयमै गर्नुपर्नेमा विभिन्न दलका सांसदले जोड दिनुभएको छ। मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँगको जिज्ञासामा सांसदले यस्तो प्रतिक्रिया दिएका हुन्।
ठूला दलका नेता पनि सदनमा बस्नुपर्छ : डा. राउत
जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद डा. चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरू संसदमा राजा जस्तै आउने र जाने गरेको टिप्पणी गर्नु भएको छ ।
विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : मन्त्री खनाल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १८ गते
प्रतिनिधि सभाको अर्को बैठक माघ १८ गते बुधबार बस्ने भएको छ
भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।