प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे संसदमा छलफल हुन्छ : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेकाबेला उहाँको यस्तो भनाइ आएको हो ।
अर्थमन्त्रीले राजिनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने बताउनुभएको हो ।
नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा
प्रतिनिधिसभा बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
नदी कटानलाई रोक्न नदीसम्बन्धी ऐन आवश्यक : सांसद सार्की
नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले नदी कटानलाई रोक्नका लागि नदीसम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।
कमिसनको चक्करमा लागेर मल ल्याउन नसकेको आरोप
नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।
विकास बजेटलाई असार मसान्तमा सक्ने परिपाटी अन्त्य हुनुपर्छ : सांसद देवकोटा
नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
राष्ट्रियसभा बैठक सुरु
सङ्घीय संसदको राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।
सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता
सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ ।