राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिद्वारा शपथ ग्रहण
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बस्न सकेन प्रतिनिधि सभा बैठक : अर्को बैठक सोमबार
प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ।
दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरु भइसक्यो: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताउनुभएको छ।
निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख
बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गर्नुभएको छ ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रूपले स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित चार राजदूतको सुनुवाइ
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा बिहीबार विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठक चौंथो अधिवेशनको २९ औं बैठक हो ।
प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
उपत्यका विकास प्राधिकरणको पुनर्संरचना गरिनेछ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणको संस्थागत पुनर्संरचना गरिने बताउनुभएको छ ।
‘उपसभामुखको अपमान भयो’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ ।
विदेशी काठ आयात प्रतिस्थापनमा सांसदको जोड
सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
‘संसदमा प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले उपसभामुखमाथि संसदमा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ ।
भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्नुभएको छ । भूकम्प भएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने छ ।
प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नुहुँदैन’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताउनुभएको छ ।
‘तटीय क्षेत्रसम्बन्धी फैसलाको पुनरवलोकनमा जान विलम्ब नगरौँ’
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरवलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरवलोकन गर्नुपर्छ’
सांसद धवलशमशेर राणाले सरकारले बागमती नदी र त्यसका शाखा छेउछाउ २०-२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडौँका अधिकांश जनता सुकुम्बासीमा परिणत हुनुे अवस्था आउनसक्ने बताउनुभएको छ ।
बैङ्किङ कसुर तथा सजाय विधेयक अर्थ समितिबाट पारित
बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिबाट पारित भएको हो ।
राजदूत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुदेवीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने छ ।
प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।