सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ । उहाँले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उहाँ विजयी हुनुभएको थियो ।
विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता देखिएन : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता नदेखिएको बताउनुभएको छ । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले गम्भीरता नदेखाएका बताउनुभएको हो ।
सदन, सरकार र आफ्नै कामबाट पनि सन्तुष्ट छैनः पूर्वमन्त्री आले
सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ ।
सांसद कानुन निर्माता मात्र होइन ‘अलराउण्डर’ होः सांसद शाही
विद्यार्थीकालदेखि राजनीतिमा होमिनुभएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक–विश्लेषकका रुपमा पनि स्थापित छ । झर्रो र उखान–टुक्काको शैलीका अभिव्यक्तिका साथ खरो राजनीतिक टिप्पणीकारका रुपमा चिनिने उहाँ नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
संसद् भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन
सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी
नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ ।
राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने
भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जानेभएको छ ।
कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैछौँ : नेत्री बलम्पाकी
“जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु ।”
कोशी प्रदेश सभाको बैठक सोमबार बस्ने
कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक २० गते सोमबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी बैठक बस्ने जानकारी गराएको हो ।