राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित
राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।
अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी छ : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।
खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग
राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक : सांसद पुन
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुङ्ग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
संसद्को अधिवेशन आजबाट अन्त्य हुँदै
सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्न बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने समेत जनाएको छ ।