सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्न बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने समेत जनाएको छ ।
राष्ट्रियसभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत
राष्ट्रिय सभामा आज (मङ्गलबार) तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस
“राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो ।
धन्यवाद प्रस्ताव पारित
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । सङ्घीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो ।
जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।