धन्यवाद प्रस्ताव पारित
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । सङ्घीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो ।
जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।
नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्र सङ्घ गौरव गर्दछ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।
सङ्घीय संसदमा महासचिव गुटेरेसको सम्बोधन (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । मङ्गलबार अपराह्न ४ बजेबाट सुरु भएको संयुक्त बैठकलाई संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुँदै छ ।
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरुप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँः मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताउनुभएको छ ।
विद्युतीय व्यापारसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन
विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ ।
सरकारको सक्रियताले दसैंमा ठूला सडक दुर्घटना हुन दिएनौंः मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दसैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गर्नुभएको छ ।