सर्वसम्मतिले स्वीकृत
राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाबाट अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव पारित
राष्ट्रिय सभाबाट अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रश्ताव पारित भएको छ । शुक्रबार बसेको राष्ट्रि सभा बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद लगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदको जोड
राष्ट्रिय सभाका सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।
प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे) अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दोस्रो अधिवेशनको अन्त्य गर्नु भएको हो ।
दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग
सांसदहरूले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ ।
इजरायलबाट शीघ्र नेपालीको उद्धार गर्न सांसदको माग
प्रतिनिधि सभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।