दूरसञ्चारलाई गुणस्तरीय बनाउन नियमनकारी निकायले ध्यान नदिएको सांसदको गुनासो
सांसदहरूले दूरसञ्चारलाई गुणस्तरीय बनाउनेतिर नियमनकारी निकायले ध्यान नदिएको गुनासो गरेका छन् । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्नुहुँदै सांसदहरूले यस्तो बताएका हुन् । उनीहरूले सरकारी संस्थानले पनि कसैको नियन्त्रणमा नभए हुन्थ्यो भन्ने कुराले थप आशङ्का उब्जिएको बताए ।
स्थानीय तहका कर्मचारीको माग अविलम्ब पूरा गरियोस् : सांसद थापा
नेकपा (एमाले) का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन : सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको हो ।
प्रतिनिधि सभाको उपभोक्ता हित समितिद्वारा सरोकारवालासँग छलफल
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता अधिकारको बारेमा सरोकारवालासँग छलफल गरेको छ ।
ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन : सभापति खतिवडा
यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ ।
मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित गर्नुपर्छः प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाबाट शोक प्रस्ताव पारित
सुदूरपश्चिम प्रदेशस भाबाट शोक प्रस्ताव पारित भएको छ । इजरायलमा १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै आज बसेको प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।