अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आउँदै
मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउनुहुने भएको छ । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप(विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । सोमबार दिउँसो उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिनुहुने दूतावासले जनाएको छ ।
लामिछानेद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदबाट राजीनामा
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ।
लामिछानेको नागरिकता नहुँदा सांसद, मन्त्री र पार्टी सभापति पद गुम्यो
सर्वोच्च अदालतले नागरिकता कायम नरहेको ठहर गरेसँगै लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत गुमेको छ ।
‘केपी ओली कप’ फुटबल प्रतियोगिता फागुन ११ देखि
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेभएका छन् ।
राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ।
गृहमन्त्री लामिछाने पदमुक्त : सांसद पद पनि खारेज (उत्प्रेषण, परमादेशको पूर्णपाठसहित)
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेरणको आदेशबाट बदर हुने ठहर गरेको छ ।
सरकारको औचित्य पुष्टि हुनेगरी काम गर्छौं : मुख्यमन्त्री कार्की
प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको औचित्य पुष्टि हुनेगरी काम गर्ने बताउनुभएको छ । उहाँले प्रदेशको औचित्यको बिषयमा आवाज उठिरहेको जनाउँदै जनताले अनुभुत हुनेगरी काम गरेर औचित्य पुष्टि गर्ने बताउनुभएको हो ।
उपप्रधानमन्त्री लिङ्देन र राजदूत पोलिटबीच भेटवार्ता
गोरखापत्र अनलाइनकाठमाडौं, माघ १३ गते । उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयसँगको सहकार्यलाई अझै बिस्तार गर्ने बताउनुभयो ।नवीकरणीय ऊर्जा उत्पादन तथा विधुत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताउनुभयो । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।अहिलेको सरकारको प्राथमिकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रवाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा बेलायत सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानका लागि राजदूत पोलिटसमक्ष आग्रह गर्नुभयो ।
राजस्व सङ्कलनमा ध्यान दिनुस् : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार सर्लाहीको हरिवनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले तस्करी रोकेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न भन्नुभएको हो ।