‘अध्यादेश निष्क्रिय हुँदा साबिकको व्यवस्था स्वतः जाग्ने’
सर्वोच्च अदालतले अध्यादेशले संशोधन गरेको कानुनी व्यवस्था संशोधन गर्ने अध्यादेश प्रतिस्थापन नभई निष्क्रिय भएमा मूल कानुनको साबिकको व्यवस्था स्वतः जाग्ने व्याख्या गरेको छ ।
दल दर्ता आज मात्रै
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते (आज) आइतबारसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगको समयसीमा सोमबार सकिँदै छ । आयोगले चुनावमा भाग लिन कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने गत असोज २० गते नै प्रस्ट्याएको थियो तर हालसम्म दुई वटा नयाँ दलले मात्रै दर्ताको प्रमाणपत्र पाएका छन् ।
महेन्द्रनगरमा नेकपा (एमाले) को जनप्रदर्शन
नेकपा (एमाले) कञ्चनपुरले महेन्द्रनगरमा जनजागरण सभा आयोजना गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आज जागरणसभा आयोजना गरेको एमाले नेताहरुको भनाइ छ ।
निष्पक्ष निर्वाचनका लागि सुरक्षा अनिवार्य : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशमा सुरक्षाको प्रत्याभूति नहुँदासम्म निश्पक्ष निर्वाचन हुन नसक्ने भन्दै सरकारलाई सुरक्षाको उचित वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ ।
‘पाकिस्तानमा अध्ययन गर्ने नेपालीबाट डायस्पोरामा योगदान’
नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तानमा अध्ययन गरेर नेपाल फर्केका नेपाली अध्येताहरुको भेला आयोजना गरेको छ ।
युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताउनुभएको छ । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
निर्वाचनको विकल्प छैनः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ। भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
गुल्मीमा एमालेको प्रदर्शनसहितको जनसभा
नेकपा (एमाले)ले गुल्मीमा जनसभा गरेको छ। तम्घासमा भएको प्रदर्शनसहितको जनसभालाई सम्बोधन गर्न केन्द्रीय नेताले सम्बोधन गरेको छ।
विभिन्न जिल्लामा एमालेको जनसभा
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।
ताप्लेजुङमा एमालेको प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले विघटित संसद् पुनस्थापनाको माग गर्दै प्रदर्शन गरेको छ । विघटित संसद् पुनस्थापना तथा जेनजी आन्दोलनका क्रममा विध्वंस मच्चाउनेलाई कारबाहीको माग गर्दै एमाले ताप्लेजुङले शनिबार प्रदर्शन गरेको हो ।
एमाले सबै षडयन्त्र परास्त गर्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशलाई समृद्धि र विकासको गतिबाट पछि धकेल्ने षड्यन्त्रलाई परास्त गरिने बताउनुभएको छ ।
‘दुई चार जनाले पार्टी छोड्दैमा आत्तिनु पर्दैन’
रास्वपाको नगर पार्टी कार्यालयको नवलपुरको कावासोतीमा उद्घाटन गर्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताउनु भएको हो ।
शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ
शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली फेला नपर्दासम्म समाजमा शान्तिसुरक्षा कायम रहन नसक्ने बताउनुभयो ।
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
आन्दोलनरत दललाई वार्तामा बस्न मधेशका मुख्यमन्त्री यादवको आग्रह
लक्ष्मी चौधरी जनकपुरधाम, कात्तिक २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। सम्बोधनका क्रममा उहाँले मधेशमा जारी आन्दोलन अन्त्य गर्न संवाद र सहकार्य नै एकमात्र मार्ग भएको जिकिर गर्दै आन्दोलनरत दललाई वार्ताको टेबलमा आउन अपील गर्नुभएको हो।मुख्यमन्त्री यादवले सडक सङ्घर्षले समस्याको समाधान नहुने उल्लेख गर्दै भन्नुभयो, “सडकमा आन्दोलन गर्नुभन्दा आउनुस्, बसेर वार्ता गरौँ, समस्याको समाधान मिलेर खोजौँ।”उहाँले आफूले कुनै पनि दलसँग प्रतिस्पर्धा नभएको स्पष्ट गर्दै मधेशका गरिब, प्रदेशको शान्तिसुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो।उहाँले कोशी प्रदेशमा समेत राजनीतिक असन्तुष्टि हुँदाहुँदै दलहरू सडक सङ्घर्षमा नउत्रिएको उदाहरण प्रस्तुत गर्दै मधेशमा पनि संयमता र राजनीतिक परिपक्वता देखाउन आग्रह गर्नुभयो।साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताकार्यकर्तालाई पार्टी मार्गदर्शनअनुसार व्यवहार देखाउनुभयो।सम्बोधनमा भारतीय दूतावासको हस्तक्षेप भएको आरोप पनि मुख्यमन्त्री यादवले सार्वजनिक गर्नुभयो। उहाँले जेनजी आन्दोलनपछि सङ्घ र प्रदेशमा सरकार गठनको बेला मन्त्री चयनसमेत भारतीय दूतावासको चासो देखिएको दाबी गर्नुभयो। आफू र आफ्ना मन्त्रीहरू सुरक्षा चुनौतीमा रहेको उहाँले उल्लेख गर्नुभयो। साथै मुख्यमन्त्री यादवले नयाँ पहलको घोषणा गर्दै अबदेखि प्रत्येक बिहान ७ः१५ देखि ८ बजेसम्म ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो। यसमार्फत आम नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या तथा सुझाव सुन्ने उद्देश्य रहेको बताइएको छ।
राष्ट्रियताको रक्षाका लागि एकताबद्ध हुन आवश्यक : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
एमालेको जनसभाः गुल्मीमा केन्द्रीय नेताले सम्बोधन गर्ने
नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध ७७ वटै जिल्लामा शनिबार जनप्रदर्शनसहित जनसभा गर्दैछ । यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा हुन लागको जागरण सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउनुभएको छ ।
कांग्रेसमा महाधिवेशनका लागि जोड
प्रजातान्त्रिक आन्दोलनका अगुवाले निर्वाचनअगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ ।
ओलीलाई पुनः सर्वसम्मत अध्यक्ष बनाउन आग्रह
प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने आग्रह गरेको छ ।
प्रचण्डको नयाँ दल ‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो प्रमाणपत्र
निर्वाचन आयोग नेपालले आज नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
कांग्रेसका युवा भेला : विशेष महाधिवेशनको माग
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवाको भेलाले पार्टीमा रूपान्तरण आवश्यक परेको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वलाई आग्रह गरेको छ।
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण
प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ ।
नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ ।