अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
समाजवादीको महाधिवेशन जेठमा
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
एनसेल खरिदबिक्रीमा अनियमितता भए कारबाही
सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री गर्दा अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने प्रस्ट पारेको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता साझेदार दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
सैनिक अधिकारीले गल्ती गरे भागीदार स्वयम् : सेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा भएका गल्तीको भागीदार स्वयम् सैनिक अधिकारी नै हुने बताउनुभएको छ । नेपाली सेनाको उच्च अधिकारीको शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठिरहेको बेला उहाँले व्यक्तिगत गल्तीको जवाफदेहिता स्वयम् अधिकारी रहने बताउनुभएको हो । नेपाली सेनाका कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले व्यक्तित्व विकासका लागि स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि अमर्यादित र अस्वस्थ तवरले प्रतिस्पर्धीलाई दोषी देखाएर आफू अगाडि बढ्न सकिन्छ कि भन्ने दुर्भावना नराख्नसमेत सकल दर्जालाई सचेत गराउनुभयो ।
छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।
एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
बाल क्लबको सफल नेतृत्व देश विकासको मूलधारमा आउन सक्छ : अध्यक्ष तिमिल्सिना
बाल क्लबमा आबद्ध नेतृत्व देश विकासको मूलधारमा आउन सक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । आजबाट काठमाडौँमा सुरुभएको बाल क्लबका पूर्व सदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेस गण्डकी प्रदेश सम्मेलनको तीव्र तयारी
यही पुस ३ र ४ गते सम्पन्न हुन गइरहेको नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनको तयारी तीव्रताका साथ अगाडि बढेको छ । सम्मेलनको कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री एवम् शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।
माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ।