प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत
कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।
विनियोजित रकमको सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले नवलपुरमा बन्न लागेको नमुना सदरमुकामको योजनालाई बहुवर्षिय योजनामा लैजान आग्रह गर्नु भएको छ । पहिला विनियोजन भएको रकम बर्सेनि फ्रिज हुँदै गएकाले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
महोत्तरीमा माओवादी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा सुरु भएको छ।
बिदेसिएका युवा अब स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो
जनताको सुझाव सङ्कलनका लागि पहाडको बाटो हिँडेका छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधानका लागि पहाडै पहाडको बाटो जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ ।
देशको अर्थतन्त्र पुरानो लयमा फर्कँदै : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले देशको अर्थतन्त्र पुरानो लयमा फर्कन थालेको बताउनुभएको छ । हिजोको अवस्थामा धेरै ऋण प्रवाह भएको र सो अनुरूपमा प्रतिफल आउन नसक्दा यो समस्या भएको उहाँले बताउनुभयो ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
सरकार फेर्ने कुरा भएकोे छैन : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनु भएको छ ।