उपराष्ट्रपति यादव स्वागत समारोहमा
उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
महानगरमा सवारी प्रदूषण मापदण्डविपरीत
काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिताले सकारात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ।
कोरोनाको स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔँ : सांसद् पौडेल
राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको विषयलाई दृष्टिगत गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।
सांसद यादवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ६ करोड बिगो
मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
भ्रष्टाचार रोक्न अझै व्यापक छलफल आवश्यक छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल आवश्यक रहेको बताउनुभएको छ ।
काम नलाग्ने दर्जनौँ कानुन खारेज गर्न चाहन्छौंः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानुन खारेज गर्न आवश्यक रहेको बताउनुभएको छ।
मैवाखोलाद्वारा आगामी आवको नीति कार्यक्रम प्रस्तुत
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँपालिकाले मङ्गलबार गाउँसभा तथा १७ औं बजेट अधिवेशन आयोजना गर्दै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
पूर्वीय दर्शनका हिमायती विश्वमा कमजोर हुन सक्दैनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान नेपाली विद्यार्थीले संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभएको छ।
संसदीय समितिबाट नागरिकता विधेयक पारित
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
नयाँ शक्तिका नेता माओवादीमा प्रवेश
माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा नेसपा (नयाँ शक्ति)का केन्द्रीय सचिवालय सदस्य किरण थापा, पोखरा महानगर संयोजक राजु क्षेत्री, केन्द्रीय सदस्य शम्भु खाती लगायतका नेताहरुलाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो।
राजविराज नगरपालिकामा तनाव : प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरूले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।
बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओली जनकपुरधाम आउनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम आउँदै हुनुहुन्छ । राजर्षिजनक विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम आउन लाग्नुभएको हो ।
राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित
राष्ट्रिय सभाले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ पारित गरेको छ । सो विधेयक अब प्रतिनिधि सभामा पठाइने छ ।
खोकना विवादमा प्रमको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गर्नुभएको छ ।
संवैधानिक परिषद्मा दुई जनाबाटै निर्णय हुन सक्ने प्रस्ताव
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा अध्यक्ष र एक जना सदस्यसहित कम्तीमा दुई जनाको मतबाट समेत निर्णय गर्न सक्ने गरी प्रतिवेदन पारित गरेको छ ।
लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल
काठमाडौँ, जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताउनुभयो । महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताउनुभयो । “राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो”, उहाँले भन्नुभयो ।पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । “हाम्रोभित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले एमाले समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको भन्दै समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठनिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादलाई ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुपर्ने भन्दै समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने बताउनुभयो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष भूमिका सुब्बाले पार्टीका गतिविधि कला र संस्कृतिमार्फत जनसमक्ष प्रस्तुत गर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन
प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो ।
‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने ।