‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाईली ठकुरीले विकासलाई योजनावद्ध रुपमा अघि बढाउन बहुमत सहित सरकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो माओवादीको नेतृत्वमा स्थिर र बहुमतको सरकार नभए सम्म विकास गति लिन सक्तैन । जनताले चाहे जस्तो विकास र समृद्धिका लागि एकल बहुमत सहितको सरकार चाहिएको छ ।
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नयाँ ढोका खोल्ने अपेक्षा
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन विश्व सम्मेलन भव्य समारोहबिच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको छ । युएईमा यतिखेर विश्व नै एकबद्ध भएको झल्को उद्घाटन समारोहले दिएको छ । जसले वैश्विक रूपमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास विश्वलाई जानकारी गराइने
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
कांग्रेस बागमती प्रदेशको सम्मेलन पुसमा
नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलन आगामी पुसमा काठमाडौँमा हुने भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. लोहनी नियुक्त
सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?
मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ ।
पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ ।