कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।
एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।
अध्यक्ष ओलीसँग राजदूतहरूको भेट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गर्नुभएको छ । एमाले मुख्यालय च्यासलमा सामुहिक भेट भएको सो दलले जनाएको छ ।
निलम्बित प्रधानन्यायाधीश राणालाई संसदीय समितिले बयानका लागि बेलायो
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो।
रञ्जिता श्रेष्ठद्वारा उम्मेदवारी घोषणा
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् निलम्बित साँसद् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले सासु ससुराको आशीर्वाद लिएर जगतपुरस्थित आफ्नो गृहबाट सङ्घीय साँसद् पद्का लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । चौधरीले कैलाली क्षेत्र १ बाट चुनाव लड्ने जनाउनु भएको छ । अध्यक्ष चौधरीलाई उहाँका सासु ससुराले फूलमाला लगाएर जितका लागि आशीर्वाद प्रदान गर्नुभयो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्वाचन सम्बन्धमा छलफल
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ।
सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभएको छ।
प्रदेशका एकल अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।
अपराध नियन्त्रणमा तीनै तहका सरकारको समन्वय आवश्यक : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृद्धिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताउनुभएको छ ।
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान
निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।
चुनाव घोषणापछि प्रचण्ड पहिलो पटक चितवनमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा पछि पहिलो पटक बुधबार गृह जिल्ला चितवन आउनु भएको छ ।
गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने
गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त कार्यक्रम गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) हुम्लाले आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
सत्य निरुपण विधेयक प्रस्तुत
बेपत्ता पारिएका व्यक्तिको सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पेस गर्नुभएको हो। विधेयकको सैद्धान्तिक छलफललगायतका प्रक्रिया भदौ १३ गतेपछि मात्र अघि बढ्नेछन्। प्रमुख प्रतिपक्षी दलको आग्रहमा बैठक भदौ १३ गतेसम्म स्थगित गरिएको छ। सरकारले असार ३१ गते प्रतिनिधि सभा सचिवालयमा विधेयक दर्ता गरेको थियो। कायम रहेका दुई आयोगको कार्यकाल बाधा अड्काउ फुकाउबाट तीन महिना थप गर्दै नयाँ विधेयक पनि अघि बढाउने निर्णय गरिएको थियो। यसअघिका पदाधिकारीको कार्यकाललाई सरकारले निरन्तरता दिएको थिएन। नयाँ विधेयकमा सरकारले आयोगको कार्यकाल एक वर्ष थप गर्ने प्रस्ताव पनि गरेको छ।
प्रदेशका युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
हेटौँडा,भदौ ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताउनुभएको छ। बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उहाँले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिनुभयो। उहाँले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याउनुभयो। अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उहाँको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उहाँको भनाइ छ। कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै सङ्घीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताउनुभयो। प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उहाँको भनाइ थियो। रासस
गृहमन्त्रीको ‘सुरक्षा समूह’मा रहेका कार्कीमाथि अनुसन्धान सुरु
काठमाडौं, भदौ ७ गते। नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ । केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको जनाउनुभएको छ। “छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस
महाअभियोग सिफारिस समिति बैठक : छलफलमा ढिलाइ गर्नुको कारण माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ ।
भदौ ९ गतेसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने कसरत
सत्ता गठबन्धनभित्र आगामी निर्वाचनका लागि भदौ ९ गतेसम्म सिट बाँडफाँटको टुंगो लगाउने कसरत भएको छ।
स्थायी कमिटी बैठकः अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदनको ब्रिफिङ
काठमाडौं, भदौ ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको ब्रिफिङ गर्नुभएको छ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मंगलबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठक भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटीको एजेण्डामा केन्द्रीत भएको जानकारी दिनुभयो। सो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनको मूलभूतरुपमा ब्रिफिङ गर्नुभएको हो।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आज नयाँ एजेण्डा धेरै छैनन्। केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने सम्बन्धमा यसअघिको सचिवालय बैठकले जे एजेण्डा तय गरेको छ, त्यही नै हुन्।”त्यसबाहेक आजको पहिलो एजेण्डाको रुपमा अध्यक्ष ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिती, एमालेको आजको मुख्य स्थिती, वर्तमान गठबन्धन सरकारले गरेका गतिविधि यही सेरोफेरोमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो। राजनीतिक प्रतिवेदनमाथि घनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, शेरधन राई, रघुजी पन्त, शेरबहादुर तामाङ, सुवासचन्द्र नेम्वाङ, गोरखबहादुर बोगटी, मणिचन्द्र थापा, खगराज अधिकारी, हिक्मत कार्की, गुरु बराल लगायतका १३ जना स्थायी कमिटी सदस्यले सुझाव राख्नुभएको छ। उहाँले बैठकमा गण्डकीबाहेक बाँकी ६ वटा प्रदेश इन्चार्जबाट प्रदेशमा शक्ति सन्तुलन र संगठनात्मक स्थितिको ब्रिफिङ भएको बताउनुभयो। यसका लागि यसअघि सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गरेको र अध्यक्ष ओलीको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भदौ १२ गते बस्ने जानकारी उहाँले दिनुभयो।बैठकमा पछिल्लो समय एमाले प्रवेश गर्नेहरुको दुरुस्त विवरण उल्लेख गर्ने र उनीहरुको उचित व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ। एमालेको अबको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन मूलतः आगामी चुनावमा कसरी जाने भन्ने रणनीतिक योजना, चुनौतीको सामना एवम् चुनावमा बहुमत ल्याउने विषयमा केन्द्रित रहने जनाइएको छ।
चुनाव अगाडि पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आ–आफ्नो चुनाव चिह्नबाट लड्ने बताउनुभएको छ।
राष्ट्रपति भण्डारीसँग ग्लोबल काउन्सिलका पदाधिकारीको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका प्रतिनिधिले भेटवार्ता गर्नुभएको छ।
स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयन गरेनन् : सभामुख भण्डारी
प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताउनुभएको छ । मङ्गलबार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै सभामुख भण्डारीले सो कुरा बताउनुभएको हो ।