सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउनुपर्ने माग
द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।
जनताको विश्वास र भरोसा कायम राख्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराउनु भएन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउनुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर त्यस विषयमा ध्यानाकर्षण पनि नगराएको बताउनु भएको छ।
‘जसपा गठबन्धनबाहिर रहन सक्दैन’
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ९ गते। जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष अशोकुमार राईले आफ्नो पार्टी गठनबन्धन भन्दा बाहिर रहन नसक्ने बताउनुभएको छ। सदरमुकाम फुङ्लिङमा बिहीबार पत्रकारसँग भेटघाट गर्नुहुँदै राईले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जसपा हालको सत्ता गठनबन्धनबाहिर रहन नसक्ने बताउनुभएको हो। तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटकसम्म संसद विघटन गरेपछिको परिस्थितिसँगै वर्तमान पाँच दलीय गठबन्धन बनेको स्मरण गर्दै नेता राईले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनको विकल्प नभएको बताउनुभयो। जसपा गठबन्धन छोडेर बाहिर जान नसक्नेभन्दै उहाँले गठबन्धनलाई सफल बनाउनका लागि आफूहरु लागि परेको बताउनुभयो। गठबन्धनको निर्णयअनुसार भाग लाग्ने स्थानमा उम्मेदवारी दिँदै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सहभागी हुने पनि उहाँले बताउनुभयो। उहाँले प्रतिनिधि सभाका सदस्यका लागि एक सय ६५ वटै स्थानमा गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जसपा सहभागी हुने र प्रदेशसभा सदस्यका लागि तीन सय ३० स्थानमा पनि सकेसम्म तालमेल गर्ने, सहमति नभए गठबन्धन दलहरुकाबीच रचनात्मक र मित्रवत् प्रतिस्पर्धा गर्न पनि जसपा तयार रहेको बताउनुभयो। अहिले गठबन्धनमा सिट बाँडफाड कार्य दलले काम गरिरहेको बताउँदै चाँडै निष्कर्ष निस्कनेमा पनि आफू ढुक्क रहेको उहाँले बताउनुभयो। यता आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने मनसाय रहेको बताउँदै आफूले चाहेअनुसारको क्षेत्रमा सम्भव हुने वा नहुने विषयको टुङ्गो गठबन्धनबीचको भागबण्डाले निर्धाराण गर्ने पनि उहाँको भनाइ छ।उहाँले निर्वाचन केन्द्रित योजनमा पार्टी लागि सकेको पनि जानकारी दिनुभयो। जनता समाजवादी पार्टी नेपालले यही भदौ १५ गतेभित्र जिल्ला तहले सम्भावित उम्मेदवारहरुको नामावली प्रदेश समितिमा पठाइसक्नुपर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेशले भदौ २५ गतेभित्र सङ्घीय संसदीय बोर्डमा पठाई सक्नुपर्नेगरी पार्टीको कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो।
जितका लागि देशव्यापी रुपमा जट्नुहोस् : अध्यक्ष नेपाल
काठमाडौं, भदौ ९ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गर्नुभएको छ। बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा गएको एक वर्षमा पार्टीको संगठन विस्तारमा योगदान पुर्याएका नेता, कार्यकर्तालाई धन्यवाद दिनुभयो। उहाँले पार्टीले एक वर्षमा गरेको कामको गतिविधिको विषयमा केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनको फेरि मुल्यांकन गर्न पनि आग्रह गर्नुभयो।त्यहाँ एक वर्षको मुल्यांकन र समीक्षा गरेको भन्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “हामी कति वटा पालिकामा फैलन सकेका छौं, संगठित सदस्य कति छौं। एक लाख २७ हजार मान्छे संगठित, असंगठितको त कुरै छैन, साधारण सदस्यको संख्या, निर्वाचनमा नौ लाख २७ हजार जनताले साथ दिएका छन्। कसैले यसको अवमूल्यांकन गर्छ भने, ख्याल गरोस्, हामी मुकदर्शक बनेर बस्ने पार्टी होइन।”बिहीबार बिहान सत्ता गठबन्धनको बालुवाटार बैठकमा यस विषयमा छलफल भएको बताउनुहुँदै उहाँले चारदेखि साढे पाँच लाखको मत आंकलन गरे पनि १५ देखि २० लाखको भोट र यो बराबरको सिट संख्या कसैले रोक्न नसक्ने दाबी गर्नुभयो। यसर्थ, पार्टी पंक्तिमा उहाँले मतदातालाई पार्टीको चुनाव चिह्नबारे प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो।विगतमा २०३२ सालमा कोअर्डिनेसन केन्द्रको बिउँ आफूहरुले रोपेको भन्नुहुँदै उहाँले अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले नसुध्रने भएकाले त्यसप्रति कुनै माया, मोह नराख्ने निर्देशन दिनुभएको छ। पछिल्लो समय, राष्ट्रपतिले सुरक्षा निकायका पूर्व प्रमुखलाई बोलाएर राष्ट्रपति निवासमा भोजन गरेको गितिविधिले शंकासमेत उहाँले व्यक्त गर्नुभयो। यसै सम्बन्धमा बालुवाटार बैठकमा छलफल भएको उहाँले खुलाउनुभयो। उहाँले एकीकृत समाजवादीका नेता, कार्यकर्ता अरु पार्टीको भन्दा फरक आरचण, सिद्धान्त र व्यवहारको हुनुपर्ने धारणा राख्नुभएको छ।
केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा प्रस्तुत
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिहीबारको पोेलिट्ब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डाहरु तय गरेको छ ।
नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक, १३ उम्मेदवारको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।
गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गर्नुभएको छ। गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ।
सत्ता गठबन्धन बैठक : निर्वाचन क्षेत्रको अध्ययन प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन
सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ।
सत्ता गठबन्धनको बैठक जारी
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनको कार्यदलले सिट बाँडफाँटसम्बन्धमा बिहीबारसम्म टुङ्गो लगाउने बताउदै आएको थियो ।
एमाले पोलिटब्युरो बैठक बस्दै
नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।
एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।
अध्यक्ष ओलीसँग राजदूतहरूको भेट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गर्नुभएको छ । एमाले मुख्यालय च्यासलमा सामुहिक भेट भएको सो दलले जनाएको छ ।
निलम्बित प्रधानन्यायाधीश राणालाई संसदीय समितिले बयानका लागि बेलायो
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो।
रञ्जिता श्रेष्ठद्वारा उम्मेदवारी घोषणा
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् निलम्बित साँसद् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले सासु ससुराको आशीर्वाद लिएर जगतपुरस्थित आफ्नो गृहबाट सङ्घीय साँसद् पद्का लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । चौधरीले कैलाली क्षेत्र १ बाट चुनाव लड्ने जनाउनु भएको छ । अध्यक्ष चौधरीलाई उहाँका सासु ससुराले फूलमाला लगाएर जितका लागि आशीर्वाद प्रदान गर्नुभयो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्वाचन सम्बन्धमा छलफल
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ।
सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभएको छ।
प्रदेशका एकल अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।
अपराध नियन्त्रणमा तीनै तहका सरकारको समन्वय आवश्यक : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृद्धिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताउनुभएको छ ।
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान
निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।
चुनाव घोषणापछि प्रचण्ड पहिलो पटक चितवनमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा पछि पहिलो पटक बुधबार गृह जिल्ला चितवन आउनु भएको छ ।