सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी कार्यदललाई प्रदान गर्ने निर्णय गरेको छ।
नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनु भएको छ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक
काठमाडौं, भदौ ३ गते । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी हुनुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समजावादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुभएको छ। परियारले बैठकमा राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको छलफल हुँदै आएको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटमा शीर्ष नेतासँग छलफलपछि सहमति जुटाउने जनाएको थियो।
विजयी हुनेगरी सक्रिय हुनुस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर संगठन ई–रिक्सा दमक नगर समितिको तेस्रो नगर अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभयो ।
काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा
काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो। उहाँले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले भन्नुभयो, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ। तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो।’’तीन तहको सरकारले फोहोर उठाउन नसक्नु लज्जाको विषय भएको उहाँको टिप्पणी छ। महामन्त्री शर्माले थप भन्नुभयो, ‘‘मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ।’’उहाँले समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनुभयो।
बहुमत ल्याउने गरी पार्टी निर्वाचनको तयारीमा : सचिव भट्टराई
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउनुभएको छ । पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले निर्वाचन तयारी गरिरहेको बताउनुभयो ।
राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलको भूमिका हुन्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग ९वाइसिएल० नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताउनुभएको हो ।
कांग्रेस नेता पौडेलद्वारा तनहुँबाट उम्मेद्वार बन्ने घोषणा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शुक्रबार दनौलीमा सञ्चारकर्मीसँग कुरा गनुहुँदै नेता पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको हो ।
माओवादी केन्द्रको पदाधिकारी टुङ्गो लागेन, अर्को बैठक भोलि बस्ने
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले शुक्रबार पनि पदाधिकारी टुङ्गो लगाउन सकेन । शुक्रबार बिहान ९ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी चय गर्ने विषयमा छलफल भएको थियो ।