खाद्यान्न, फलफूल र तरकारी विदेशबाट आयात हुनु चिन्ताको विषय : प्रधानमन्त्री देउवा
काठमाडौं, भदौ २ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानी जन्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको बताउनुभएको छ। बिहीबार खाद्य सुरक्षा सम्बन्धी दुई दिने कार्यशालालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। उहाँले खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबैले प्रयत्न गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो।प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानी जन्य वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै विदेशबाट आयात गर्नुपर्ने अवस्था चिन्ताको विषय हो। मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरेर आन्तरिक खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबै प्रयत्नरत हुन आवश्यक रहेको छ।’’ उहाँले नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यवस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्थाले व्यापार घाटा उच्च बन्दै गएको सन्दर्भमा नेपाल सरकारले कार्यान्वयनमा ल्याएका कृषि आधुनिकीकरण परियोजना, चैते धान र बर्षे धान प्रवर्द्धन जस्ता कार्यक्रमबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा दुई दिनसम्म चलेको ‘नेपालमा खाद्य सुरक्षा’ विषयक कार्यशाला बिहीबार सम्पन्न भएको छ। प्रधानमन्त्री देउवाको उपस्थितिमा कार्यशाला सम्पन्न भएको हो।खाद्य सुरक्षा सम्बन्धी समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयको विश्लेगषण गरेर राय सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा दुई दिने कार्यशाला गरेको हो। प्रधानमन्त्री देउवाले खाद्य सुरक्षा जस्तो समसामयिक तथा महत्वपूर्ण विषयमा विषय विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिलाई सहभागी गराई आयोजित सेमिनारका लागि नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई धन्यवाद दिनुभयो।यस किसिमको सेमिनारले सरोकारवाला निकायलाई खाद्य सुरक्षाका विविध पक्षका बारेमा जानकारी प्राप्त हुनुका साथै आगामी दिनमा खाद्य सुरक्षा सम्बन्धी मार्ग निर्देशन गर्ने विश्वास गरिएको छ।
माओवादीको स्थायी समिति बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं, भदौ २ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले प्रतिनिधिसभा संसद बैठकमा नेता जानु भएकोले बिहीबारको बैठक स्थगित भएको जानकारी दिनुभयो।स्थायी समिति, पदाधिकारी र पोलिट्ब्यूरो समिति टुंग्याउने बारेमा माओवादी केन्द्रको स्थायी समितिको बैठक निरन्तर बस्दै आएको छ। बिहीबार बिहान ८ बजे बस्ने भनिएको बैठक दिउँसो सारिएको थियो।उपाध्यायले भन्नुभयो, “पोलिट्ब्यूरो, स्थायी समिति सदस्य र पदाधिकारीको नाम अहिलेसम्म टुंगिएको छैन। सञ्चार माध्यममा कतिपय नामहरु अनुमानका भरमा पनि आएका छन्।” अब बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको नाम घोषणा गर्नुहुने उहाँको भनाइ छ।माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो। त्यसयता, पदाधिकारी चयन गर्न पटक–पटक बैठक बसे पनि यो टुंगिन सकेको छैन। यद्दपि, अबको बैठकले यसलाई अन्तिम रुप दिने दाबी नेताहरुले गर्नुभएको छ।
सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताको छलफल
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ।
उम्मेदवार छनौट गर्न समाजवादीले बनायो आठ मापदण्ड
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनको उम्मेदवार छनौटका लागि आठ मापदण्ड तय गरेको छ।
नागरिकता विधेयकमा प्रतिपक्षी दलले राजनीति गरेको वर्षमान पुनको आरोप
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाउनु भएको छ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
गठबन्धनलाई पराजित गर्ने शक्ति एमालेसँग छ : अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दललाई पराजित गर्ने शक्ति एमालेसँग भएको बताउनुभएको छ ।
पार्टी एकता संयोजन समिति बनाउने समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।
शीर्ष नेतासँगको छलफलपछि सिट बाँडफाँटमा सहमति
सत्ता गठबन्धनको कार्यदलले बैठकमा अहिलेसम्म भएका छलफलको विवरण शीर्षस्थ नेतालाई अवगत गराउने भएको छ।