लागु औषध सिङ्गो राष्ट्रको समस्या हो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागु औषधको प्रयोगबाट सिर्जित समस्या व्यक्ति, घर परिवार, समाज र सिङ्गो राष्ट्रको समस्या भएको बताउनुभएको छ।
खानेपानीलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छः मन्त्री यादव
काठमाडौँ, असार १२ गते । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले प्रत्याभूत गरी मौलिक अधिकारको रूपमा राखेको खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभयो हो । सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ उपलब्ध गराउन व्यवधानका रूपमा रहेका कानुनी व्यवस्थालाई मन्त्रालयले समयानुकूल पुनरावलोकन गरिरहेको समेत मन्त्री यादवले सदनलाई जानकारी गराउनुभएको थियो ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड [केयुकेएल] सार्वजनिक निजी साझेदारीको अवधारणमा स्थापित कम्पनी भएकाले यसमा खानेपानी मन्त्रालय, स्थानीय तहहरु तथा निजी क्षेत्र समेतको शेयर लगानी रहेको उल्लेख गर्दै कम्पनी मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा नरहेको उहाँको भनाइ थियो । उहाँले खानेपानीमा राजस्व, आयकर-भ्याटलगायत सम्पूर्ण कर छुट हुनुपर्ने र यस विषयमा खानेपानी मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । यस विषयमा मन्त्रालयको धारणासहित गत पुस १२ गतेको अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ थियो । “यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइ सकिएको छ, मन्त्रालय तहबाट गरिनुपर्ने कार्यहरू सम्पन्न गरी अर्थ मन्त्रालयलाई यस सम्बन्धमा ताकेता भइरहेको छ”, उहाँले भन्नुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नाफारहित सामुदायिक संस्था रहेको उल्लेख गर्दै उहाँले सबै किसिमको पम्पिङ प्रणालीका खानेपानी तथा सरसफाई आयोजनाहरू संचालन गर्दा खपत हुने विद्युत् महसुलको दर सिँचाइको विद्युत् महसुलको दर सरह कायम गर्नका लागि पनि प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षमा पनि विद्युत् महसुलमा अनुदान उपलब्ध गराउने विषय बजेट वक्तव्यमा उल्लेख रहेकाले यससम्बन्धी आवश्यक निर्देशिका तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “विद्युत नियमन आयोगको प्रतिनिधिको समेत उपस्थितिमा छलफल गरी उक्त आयोगको नियमावलीमा खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत् महसुल नुदानको विषयलाई सम्बोधन गर्न गत जेठ २५ मा विद्युत् नियमन आयोगमा पनि पत्राचार गरिएको जानकारी गराउन चाहन्छु ।”यसैगरी नगर विकास कोष खानेपानी मन्त्रालय मातहत नभए पनि यस विषय सम्बन्धमा गत माघ १२ गते सचिवस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयलाई सहमतिको लागि पत्राचार गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विभिन्न खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिहरूले नगर विकास कोषको विद्यमान पाँच प्रतिशत ब्याजदरलाई तीन प्रतिशतमा घटाउन मन्त्रालयलाई अनुरोध गरिरहेको र सोही अनुरूप मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।” सहलगानी भएका आयोजनाको कूल लागतको कम्तीमा १५ प्रतिशत उपभोक्ता संस्था व स्थानीय तहले बेहोर्ने गरी सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यन्वयन निर्देशिका, २०८१ गत माघ २१ गते परिमार्जन भइ लागू भउको मन्त्री यादवले बताउनुभयो । अन्य खानेपानी तथा सरसफाई आयोजनाहरुको हकमा पनि एकीकृत निर्देशिका मस्यौदाको तयारीको क्रममा रहेको र छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।पानी शुद्धीकरणका लागि अत्यावश्यक रसायनका रूपमा रहेको ब्लिचिङ पाउडर नेपालमै सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने मन्त्रालयको धारणा रहेको उहाँको भनाइ थियो । उहाँले उद्योग स्थापनासम्बन्धी कार्य उद्योग मन्त्रालयको कार्यक्षेत्रमा रहे पनि मोडेलमा निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरी उद्योग सञ्चालन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।
बजेट विनियोजनमा कमजोरी भयाे : काँग्रेस नेता महर
काँग्रेस नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेशका लागि सङ्घीय बजेट विनियोजनमा कमी कमजोरी भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’
श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ।
‘आदिवासीको अधिकार सुनिश्चित गर्न ऐन बन्नुपर्छ’
आदिवासी जनजाति सांसदहरूले संविधानमा व्यवस्था गरिएको आदिवासीको संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्र निर्माणका लागि कानुन मस्यौदा अझै हुन नसकेकाले संसद बैठकमा संयुक्त रुपमा पहल थाल्नुपर्ने बताउनुभएको छ ।
एमालेमाथि चौतर्फी हमला भइरहेको छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि चौतर्फी हमला भइरहेको बताउनुभएको छ । एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढङ्गले उठाएकै कारण त्यस्तो हमला जारी रहेको उहाँको भनाइ छ ।
जसपाको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो।
विपी प्रतिष्ठानलाई पृथक विश्वविद्यालयको बनाउन माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दल-नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।
मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
विविधता हाम्रो सम्पत्ति हो, यसलाई गोलबद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पार्नुभएको छ ।
आमसञ्चार विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति
कर्णाली प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई प्रदेश सभामा पेश गर्ने भएको छ ।
सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भन्नुभएको छ ।
सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने
सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुुहुँदै गृहमन्त्री रमेश लेखकले यो घोषणा गर्नुभएको हो ।
एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार बसेको ५३औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
विकास र रोजगारी प्राथमिकतामा
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७५३ स्थानीय तहमध्ये ७१४ स्थानीय तहले गाउँ र नगर सभामा पेस गरेका बजेटमा विभिन्न प्राथमिकता निर्धारण गरेका छन् । दुर्गम क्षेत्रका स्थानीय तहले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् भने ठुला स्थानीय तहले भने भौतिक पूर्वाधारका साथै सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपत् व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटमार्फत प्राथमिकता दिएका छन् ।
बजेट पेस नगर्नेलाई अनुदान कटौती
कानुनले तोकेकै समयमा गाउँ र नगर सभामा बजेट पेस नगर्ने स्थानीय तहलाई समानीकरण अनुदान शीर्षकको रकम कटौती गर्ने व्यवस्था कार्यान्वयन हुने भएको छ ।
विधेयक ‘होल्ड’ हुँदा सांसद असन्तुष्ट
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले तयार पारेको प्रतिवेदन छ महिनाभन्दा लामो समयदेखि समितिमै थन्किएको छ । २०८१ पुस ४ गते उपसमितिले प्रतिवेदन समितिमा बुझाएको थियो ।
एमाले नेतृ पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ ।
पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालत काठमाडौंले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।
सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले
नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ ।
विपद्मा भनसुनका आधारमा सवारी साधन चलाउन दिए कारवाही हुन्छः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।
संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयक प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
स्रष्टाको साधनाले नेपालको साहित्यिक र सांस्कृतिक बाँचेको छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत् प्रदान गरिएका दीर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका गर्नुभएको छ।