स्याङ्जामाको काली गण्डकीमा पुस्तकालय सञ्चालनमा
स्याङ्जाको काली गण्डकी गाउँपालिका–४ विर्घामा सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका स्थायी घर भई कामको सिलसिलामा बाहिर रहेकाहरूको सक्रियतामा ‘मातृभूमि’ पुस्तकालयको स्थापना गरिएको हो ।
कर्णालीलाई सुरक्षित बनाउन विशेष अभियान
कर्णाली प्रदेशलाई सुरक्षित बनाउनका लागि प्रदेश प्रहरी कार्यालयले विशेष अभियान चलाउने भएको छ। कर्णालीमा लागूऔषध दुव्र्यसन तथा ओसारपसार, हिंसा, सवारी दुर्घटना, ट्राफिक अस्तव्यस्ततालगायतका प्रमुख समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान नै चलाउन लागिएको हो।
पर्यटकीय पूर्वाधारमा लगानी अभाव
महावुधाम कालीकोटको मुख्य पर्यटकीय स्थल हो। महावै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ। भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन्। धामसम्म पुग्नलाई पर्यटकले निकै सास्ती खेप्नुपर्छ। थुप्रै अप्ठ्यारा झेलेर भए पनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन्। कालीकोट र दैलेखको सिमानामा रहेको धाममा आवागमनमा निकै सास्ती हुने गरेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै पर्यटकको सहजताका लागि महावै गाउँपालिकाले गत वर्षदेखि धामसम्म पुग्न मोटर बाटो निर्माणको काम थालेको छ। पर्यटकलाई आवागमन र आवासका
‘निम्न वर्गको उत्थानमा कटिबद्ध छु’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरिब तथा निम्न आयस्रोत भएका वर्गको जीवनस्तर उत्थानका कार्ययोजना ल्याउने बताउनुभएको छ। मुख्यमन्त्री रावलले डोटीका भूकम्पपीडितको पुनस्र्थापना तथा राहत सहयोगका लागि ध्यानाकर्षण गराउन आएका सामाजिक संस्थाका प्रतिनिधिसँगको भेटमा यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले जति दिन नेतृत्वमा रहे पनि गरिब, पीडित र निम्न वर्गको उत्थानमा काम गर्ने प्रतिबद्धता गर्नुभयो।
आठ वर्षदेखि पुल अलपत्र
डोटीको शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ। सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ। पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी)ले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो। वि.सं. २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो। स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्।
आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाइने
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ । शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवर्धन तथा विकास गर्न पहल गर्ने बताउनुभयो ।
पातिहाल्ने–लुकुम सडकखण्ड डेढ वर्षदेखि अलपत्र
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१, पातिहाल्ने–लुकुम खण्डको १३ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि काम हुन सकेको छैन। कालोपत्रेका लागि जिम्मा पाएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर हुमनाथ पौडेलका अनुसार कालोपत्रेका लागि ठेक्का पाएको निर्माण कम्पनी डेढ वर्षदेखि सम्पर्कमा छैन। उहाँले भन्नुभयो, “कालोपत्रेका लागि पटक–पटक ताकेता गरियो तर निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सकेन। पछिल्लो समयमा ठेकेदार सम्पर्कविहीन भए।”
जलविद्युत् आयोजनाद्वारा विद्यालय निर्माण
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ। व्यास नगरपालिका–५, बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा आठकोठा भएको दुईतले भवन आयोजनाले आफ्नो खर्चमा निर्माण कार्य सुरु गरेको छ। व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरेको हो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीका दिन भवनको शिलान्यास गर्नुभएको छ।
प्राविधिक जनशक्तिलाई अवसर अभाव नहुने
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा प्रमुखसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता अवसरलगायतमा केन्द्रित अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवाप्रदायक संस्था र अध्ययन गरिरहेका विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए ।