विपदबाट बनेका घरको दोस्रो र अन्तिम किस्ता पाउनै सकस
गुल्मीमा विपदबाट बनेका घरहरुको दोस्रो र अन्तिम किस्ता पाउनै सकस हुने गरेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।
अस्पताल सञ्चालनमा समस्या
रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण र आर्थिक अभावका कारण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।
दर्ता बिना सञ्चालनमा रहेका क्लिनिक र मिठाइ पसल कारबाहीमा
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र मिष्ठान भण्डार कारबाहीमा परेका छन् ।
पाठेघर क्यान्सरको जोखिम : समस्या बल्झिएपछि उपचार खोज्दै आमाहरु
आमाहरुले समस्या बल्झिएपछि मात्रै पाठेघरको उपचार खोज्दै स्वास्थ्य संस्था आउँदा क्यान्सरको जोखिम बढेको छ । योे समस्याबाट ३० देखि ६० वर्षसम्मका आमाहरु बढी पीडित छन् ।
दाङको होटलमा अवैध हतियार पड्किँदा एक जना घाइते
दाङको लमहीस्थित एक होटलमा अवैध हतियार पड्किँदा एक जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा होटल रोयल प्लेसमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेको प्रहरीले जनाएको छ ।
एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।
निजी तथा प्राइभेट स्वास्थ्य संस्थालाई दर्ता तथा नवीकरण गराउन आग्रह
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई दर्ता र नवीकरण गराउन आग्रह गरेको छ ।
लोकदोहोरी प्रतिष्ठानमा आबद्धको उपचारमा २५ प्रतिशत छुट
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए
बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।
प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
संरक्षणमा नयाँ पहल : पण्डितपुरको उत्खनित प्राचीन भग्नावशेष खुल्ला नै राखिने
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ ।
पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
घोराही–तुलसीपुर चारलेन सडक विस्तार, सडक सीमा खाली गर्न सूचना
दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने सडक खाली गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा नियन्त्रणमा
जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपियाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
संसदीय अभ्यास गर्दै जेनजी
नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका छन् । ‘सङ्घीय नमुना युवा संसद् अभ्यास तथा प्रशिक्षण कार्यक्रम’ मार्फत नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका हुन् । युवालाई संसदीय प्रक्रिया र नीति निर्माणबारे प्रत्यक्ष अनुभव दिन उक्त कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिकास्तरीय युवा क्लब सञ्जालका सचिव सालिया हासमीले जानकारी दिनुभयो ।
समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
भत्काइँदै साविक राप्तीको जेठो क्याम्पसको जीर्ण भवन
साविक राप्ती क्षेत्रकै पुरानो शिक्षण संस्था महेन्द्र बहुमुखी क्याम्पस दाङको जीर्ण भवन भत्काउन थालिएको छ । भवन जीर्ण भएपछि प्रक्रिया पूरा गरी भत्काउने कार्य सुरु गरिएको क्याम्पस प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो ।
राष्ट्रिय आवास कम्पनीको सेवाप्रवाह बन्द
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको दैनिक सेवाप्रवाह बन्द भएको छ ।
पचास वर्षमा ऐन कार्यान्वयन , सल्लाको आँख्लाको निर्यात सुरु
करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेसन नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक सुरु गरिएको छ । यस प्रक्रियामा काठ तथा जडीबुटीलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गरेर स्वच्छ बनाइन्छ ।
दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा
दाङको घोराहीमा दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका –१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउनका लागि आवश्यक पर्ने जम्वर र ट्राउजर सहयोग गरेको हो ।
नेपाली कांग्रेस बाँकेद्वारा राष्ट्रियसभाका लागि १७ जनाको नाम सिफारिस
नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ ।
नश्ल सुधारका लागि उन्नत जातका बोका वितरण
ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ ।