ठेकेदारले काम नगर्दा योजना प्रभावित
भैरहवाको शाहनी बिल्डर्सले समयमा काम नगर्दा वाणगङ्गा नगरपालिकाको योजना प्रभावित भएको छ। सो निर्माण कम्पनीले नगरपालिकासँग सकार गरेको योजनामा ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नु परेको छ। बिल्डर्सले ई बिडिङमार्फत वडास्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो। त्यसमध्ये अधिकांश योजना अधुरै छन्। म्याद थप गरेपछि पनि कम्पनी काम नगरी सम्पर्कमा नहुने नगरप्रमुख चक्रपाणि अर्याल बताउनुहुन्छ।
राजधानी क्षेत्रमै छैन भरपर्दो स्वास्थ्य सेवा
दाङको लमही नगरपालिका–६, देउपुरका प्रभात पौडेललाई विद्यालयबाट फर्कंदै गर्दा गाडीले ठक्कर दियो। गाडीको ठक्करबाट सामान्य घाइते पौडेलको छाती र मुखमा चोट लाग्यो, लमहीमा सामान्य उपचारपछि उहाँलाई बुटवल पु-याएर उपचार गरियो। सोही ठाउँकी शान्ता चौधरी हात झमझमाउने समस्या लिएर लमही अस्पतालमा जानुभयो। परीक्षण भयो, औषधि खानुभयो तर निको भएन। थप सुविधाका लागि बुटवल पुग्नुप-यो। यी दुई उदाहरण मात्र हुन्। दाङ देउखुरीमा भरपर्दो स्वास्थ्य सेवा नपाउँदा यहाँका सेवाग्राही सदरमुकाम घोराही र जिल्लाबाहिरै बुटवल र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छैन।
बहुविवाहको कसुरमा चारजना पक्राउ
गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् ।
सामाजिक सुरक्षा भत्ताका लागि बैंकिङ शिविर
कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बैकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँडन सुरु गरेको छ । नगरपालिकाले बैंकसँग समन्वय गरी दोस्रो किस्ता वापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो ।
बुटवलमा दुई स्वास्थ्य केन्द्रको निर्माण सुरु
बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका –१७ को मोतीपुर र वडा –१३ को बेलबासमा सोह्र–सोह्र शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।
टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान
सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ।
पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण भएन
बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।
पातिहाल्ने–लुकुम खण्डको मध्यपहाडी लोकमार्ग अलपत्र
राष्ट्रिय गौरवको आयोजनामध्येको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको भूमे गाउँपालिका –१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र परेको छ ।
पाँच अर्बको लगानीमा बुटवलमा केबलकार बन्दै
बुटवलमा दुई ठूला केबलकारका परियोजना तीव्र रुपमा निर्माण भइरहेका छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजानेगरी केबलकार परियोजनाको काम तीव्ररुपमा भइरहेको छ ।