बङ्गुरको मासुमा स्वाइन फिवर पुष्टि
पश्चिम नवलपरासीको सदरमुकाम परासी हाटबजारमा बिक्री भएको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको छ ।
बाँकेमा सबैभन्दा बढी कर तिर्ने वेस्टर्न हस्पिटललाई सम्मान
बाँके जिल्लामा सबैभन्दा बढी आयकर तिर्ने करदाता बन्न सफल वेस्टर्न हस्पिटल प्रालि नेपालगन्जलाई आन्तरिक राजश्व कार्यालय नेपालगन्जले सम्मान गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याइएको पाँच लाख बढीको मटर बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले जेनजी आन्दोलनपछि नेपाल भारत सिमानाबाट हुने गरेको अवैध आयात र चोरी पैठारी रोक्न कडाइ गरेको छ ।
सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम
ज्ञानीसँग हाम्रा नानी’ यो गुल्मीको रेसुङ्गा नगरपालिका–८, सिद्धबाबा माविको रचनात्मक कार्यक्रम हो ।
सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताउनुभएको छ ।
कफीको पहिचान जोगाउन गुल्मेलीलाई सकस
कफीको जननी भनेर चिनिने गुल्मीलाई पहिचान जोगाउन सकस देखिएको छ ।
गुल्मी प्रशासनमा ८१ हतियार दर्ता
जिल्ला प्रशासन कार्यालय गुल्मीमा हालसम्म ८१ हतियार दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार हालसम्म यस जिल्लामा साना ठुला गरी कुल ८१ हतियार दर्ता भएका हुन् ।
उच्च अदालत तुलसीपुर नेपालगन्जमा आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते एक उच्छृंखल समूहद्वारा उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
मतदाता नामावली दर्ता : थपिए पैँतालिस हजार मतदाता
लुम्बिनी प्रदेशभरिमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार ४८८ जना नयाँ मतदाता थपिएका हुन् ।
पर्यटकको पर्खाइमा कुम्भर अड्डा स्मृति पार्क (फोटो फिचर)
बारवर्दिया नगरपालिका –१० बर्दियाको सेमरहवामा अवस्थित कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दैगएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र पनि स्मृति पार्क बनेको स्थानीयको भनाइ छ ।
उवासंघ र राजनीतिक दलबिच प्रदूषणको विषयलाई लिएर विवाद
पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ ।
गुल्मीमा आधारभूत अस्पताल सञ्चालनमा सकस, केन्द्र र प्रदेशकै भरपर्नुपर्ने बाध्यता
गुल्मीमा आधारभूत अस्पताल सञ्चालनका लागि केन्द्र र प्रदेशकै मुख ताक्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शय्याका अस्पताल सञ्चालनमा ल्याएका छन् ।
बर्दिया, गुलरिया र राजापुरमा ‘हरि हजुरबा’
सशस्त्र द्वन्द्वको कथामा आधारित नाटक ‘हरि हजुरबा’ बर्दिया, गुलरिया र राजापुरमा मञ्चन गरिएको छ । बेपत्ता पारिएका नागरिक द्वन्द्वरत दुवै पक्षले सार्वजनिक गर्नु पर्छ भन्ने भाव झल्किने गरी नाटक मञ्चन गरिएको थियो । देशमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दियाका बेपत्ता नागरिक र सहिद परिवारहरू नाटक हेरेर भावविह्वल भएका थिए ।
गुल्मीका स्थानीय तहः एक वर्षमा ४७ हजार सेवा प्रवाह
स्थानीय तहले सेवा प्रवाहलाई सहज रुपमा आमनागरिक समक्ष पुर्याउन निकै प्रयत्न गरेका छन् । नेपालको संविधानको मर्म अनुसार स्थानीय तहहरुले सेवा प्रवाह र विकास निर्माणका कार्यलाई नागरिक समक्ष पुर्याउन जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर लागेको पाइएको छ ।
शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा सार्वजनिक बिदा
गुल्मीको शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले मङ्गलाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कपिलवस्तुको तौलिहवा नगरपालिका वडा नं. ८ स्थित श्री विश्वनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको माग
नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले ‘जेनजी’का नाममा कात्तिक २३ र २४ गते बाँकेमा भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा आक्रमणका घटनामा संलग्न समूहलाई तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रशासनसँग माग गरेको छ ।
गुल्मीमा थपिए पच्चीस सय सत्तरी नयाँ मतदाता
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पच्चीस सय सत्तरी जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ।
लुम्बिनी प्रदेशमा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता
लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ ।
झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत
गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ ।
सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।
बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन
विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पश्चिम नवलपरासीमा रहेको प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन कार्य सुरु भएको छ ।
ऋण लिएर बनाएको संरचना अलपत्र
ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले ११ वर्षअघि विश्व बैङ्कसँग ऋण लिएर बनाएको नारायणस्थान फूलबारीको ऐतिहासिक संरचना सात वर्षदेखि प्रयोगमा आउन सकेको छैन ।